- चिरफार डटकम, विराटनगर ३५९ पटक हेरिएको
सोमबार, बैशाख ०४, २०८० समय : १५:१०:३४ , २ वर्ष अगाडि
विराटनगर अधिकाशं उद्योगी व्यवासयीको बैंक ब्यालेन्स शुन्यमा झरेको छ । उद्योगी व्यवासयीले लिएको ऋण वापत बुझाउनुपर्ने ब्याजको रकम बैंकले उनीहरुको खाताबाट बैंकको खातामा टान्सफर गरेको छ । जसको कारण उद्योगी व्यवासयीहरुको बैंक ब्यालेन्स शुन्यमा झरेको हो ।
उद्योगी व्यवसायीले कारोबारको क्रममा बैंकबाट लिएको ऋणको प्रत्येक महिना ब्याज बुझाउनु पर्छ । तर चरम आर्थिक मन्दिको कारण बैंकलाई ब्याज बुझाउन सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा बैंकले उद्योगी व्यवासयीको नियमित कारोबार खातामा रहेको रकम बैंकको खातामा ट्रान्सफर गरेको छ ।
त्यतिले नपुगेर अपुग ब्याज रकम अविलम्ब बैंकमा बुझाउन उद्योगी व्यवासयीलाई पत्रचार गरेको छ । चिरफार डटकम सँग कुरा गर्दै उद्योगी पंकज दुगडले भने : नियमित कारोबार भईरहेको बैंकले खाताबाट थाहानै नदिई ब्याज वापतको रकम बैंकको खातामा ट्रान्सफर गरेको छ ।
जसको कारण बैंक ब्यालेन्स रकम शुन्यमा झरेको छ । मेरो मात्र होइन विराटनगरका अधिकांश उद्योगी व्यवासयीको अवस्था यस्तै छ । दुगडले बताए ।
उद्योगी व्यवसायीले नियमित कारोबार गरिरहेको बैंकबाट ऋण लिएको र त्यसरी लिएको ऋणको ब्याज नियमित तिर्न सक्ने अवस्था छैन । र बैंकले उनीहरुको व्यक्ति तथा कम्पनीको खातामा रहेको रकम बैंकको खातामा ट्रान्सफर गरी रहेको छ । यस विषयमा उद्योगी व्यवासयी बैंकको विरोध गर्न सक्ने अवस्था पनि छैन ।