- चिरफार डटकम, विराटनगर ९५७ पटक हेरिएको
मंगलबार, आषाढ १२, २०८० समय : १७:२५:५५ , १ वर्ष अगाडि
उद्योग संगठन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई विराट व्यापार संघ विराटनगरले भव्य स्वागत एवं सम्मान गरेका छन् । विराट व्यापार संघ विराटनगरले आफ्नो २३औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारीहरुलाई भव्य स्वागत र सम्मान गरिएको हो ।
उद्योग संगठन मोरङको ५०औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएका थिए । विराटनगर व्यापार संघका कार्यकारिणी सदस्य महेन्द्र खेतानलाई उद्योग संगठन मोरङका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गर्न संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । खेतानले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको छ ।
संघले स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तादन गरेका थिए । संघका उपाध्यक्ष चन्द्रप्रसाद अधिकारीले मंगलबार ५६ पटक रक्तदान गरेका थिए । संघका कार्यकारिणी सदस्य शिवरतन जोशीलाई रक्तदान कार्यक्रमको संयोजकको जिम्मेवारी सुम्पिएको थियो । र त्यसलाई जोशीले सफलतापूर्वक सम्पन्न गरेका थिए ।
संघले स्थापना दिवसको अवसरमा विराटनगर स्थित मोरङ सहकारी अस्पताल संग सहकार्य गरेर आयोजना गरेको स्वास्थ्य शिविरमा १ सय भन्दा बढिले सुगर र ब्लड प्रेसरको परिक्षण गराएको थिए । सहकारीका प्रबन्धक धरणीखनालले सुगर र ब्लड प्रेसर परिक्षणबाट गम्भिर रोग देखिएका बिरामीहरुको सहुलियत दरमा मोरङ सहकारी अस्पतालमा उपचार गरिने बताए ।
संघका अध्यक्ष नरेश खत्री, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष चन्द्रप्रसाद अधिकारी, महासचिव प्रविण अग्रवाल, सचिव मनोहर कार्की, कोषाध्यक्ष किरण ढुंगेल, कार्यसमिति सदस्य महेन्द्र खेतान, भवेष पौडेल, सरस्वती ओझा, सोनु गुरुङ र संघका कार्यकारी अधिकृत धरणिधर निरौलाले स्थापना दिवसमा आमन्त्रित पाहुनालाई स्वागत र सम्मान गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सहित विशिष्ट व्यक्तिहरु विराट व्यापार संघको २३औं स्थापना दिवसको कार्यक्रममा सहभागी भएका थिए । संघका संस्थापक अध्यक्ष धु्रवप्रसाद दाहाल, पूर्वअध्यक्ष शिवप्रसाद रिजाल र यादव राज पोखरेलले अतिथिहरुलाई स्वागत गरेका थिए ।