राजश्व बढाउन सिमानाकामा कडाई

  • चिरफार डटकम, विराटनगर ८३४  पटक हेरिएको

आइतबार, आषाढ ३१, २०८० समय : १८:३४:४० , १ वर्ष अगाडि

नेपाल सरकारले राजश्व बढाउन २०८० साउन १ गते सोमबारदेखि रानी नाकामा कडाई गर्ने तयारी गरेको छ । नेपाल सरकारको अर्थमन्त्रालयदेखि विराटनगर व्यापार व्यवसायी सँग आवद्ध संघसंस्थाहरुको पहलमा सोमबारदेखि रानी नाकामा कडाई गर्ने निर्णय गरिएको छ ।

जसकालागि नेपाल सरकारको अर्थमन्त्रालय र गृहमन्त्रालयसँग आवद्ध सुरक्षाकर्मीहरुलाई व्यापार संख्यामा परिचालन गर्ने तयारी गरेको छ । नेपाल प्रहरी, राजश्व समूहका कर्मचारी, विराटनगर महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहित मोरङ व्यापार संघ र विराट व्यापार संघ पदाधिकारी र कर्मचारीहरु नेपालीलाई जोगबनी मोह छोडाउन र नेपालमै किनमेल गर्ने उद्देश्यका साथ सचेत गराउन रानी नाकामा परिचाल हुने निर्णय भएको हो ।

पछिल्लो समय भारतको जोगबनी बजार गल्जार हुने र नेपाली बजार सुन्सान भई रहेको अवस्थामा नेपाली बजारको संरक्षण सम्वद्र्धनका लागि नेपाल भारतको सिमा नाकामा कडाई गर्ने निर्णय भएको हो । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरलेले नेपालीहरुमा कायम रहेको जोगबनी मोहलाई हटाएर नेपालमा किनमेल गर्न बानी बस्लार्ने उद्देश्यका साथ रानी नाकामा थप कडाई गर्ने तयारी भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको बजारलाई जुल्जार बनाउन सिमानाकामा थप कडाई गर्ने र त्यसमा विराटनगर महानगरापलिकाका कर्मचरीदेखि नगर प्रहरी परिचालन हुने बताए । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले सिमानाकामा गर्नलागेको कडाईको स्वागत गरेका छन् । साथै नेपाली ग्रहककले नेपालमै किनमेल गर्दा अनिर्वाय रुपमा खरीद गरिएको सामानको बिल लिन आग्रह गरेको छ । जसको कारण देशको राजश्व वृद्धि हुने अपेक्षा गरिएको छ ।