सम्झौता समय अवधी अगाडी नै लोहन्द्रा पुलको निर्माण कार्य पुरा

  • ब्रह्मदेव यादव, विराटनगर ५२७  पटक हेरिएको

मंगलबार, साउन ०९, २०८० समय : १७:०१:०३ , १ वर्ष अगाडि

विराटनगरस्थित सुनसरी मोरङ सिचाई आयोजनाले सम्झौता समय अवधी अगाडी नै मोरङको लोहन्द्रा पुलको निर्माण कार्य पुरा गरेको छ । ४७ करोड रुपैयाँको लागतमा पुलको निर्माण कार्य पुरा गर्ने लक्ष्यको साथ अगाडी बढेको आयोजनाले १३ करोड रुपैयाँ बचत गर्दै ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुलको निर्माण कार्य पुरा गरेको छ ।

संघिय सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मंगलबार लोहन्द्रा पुलको उद्घाटन गरेका छन् । मोरङको बेलबारी, केराउन, ग्रामथान, बुढिगंगा, खनार, दुहवी, विरारचौक र विराटनगर आवतजावत गर्ने व्यक्तिको लागि लोहन्द्रा पुल महत्वपूर्ण उपयोगी सडक मार्गको पुल मानिन्छ । सुनसरी मोरङ सिचाई आयोजनाका आयोजना निर्देशक भिलानन्द यादवले २०७६ सालमा लोहन्द्रा पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०८० साल भाद्र महिना भित्रमा निर्माण कार्य पुरा गर्ने सम्झौता गरेकोमा ३ महिना अगाडी २०८० साल अषाढको पहिलो सातामै निर्माण कार्य पुरा भएको बताए ।

४७ करोड लागतमा पुलको निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ अगाडी बढेकोमा १३ करोड रुपैयाँ बचत गर्दै ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुलको निर्माण कार्य पुरा भएको बताए । सडक डिभिजन कार्यालय विराटनगरले मोरङ जिल्ला भरी सम्झौता गरे अनुसार पुलको निर्माण कार्य पुरा गर्न नसक्दा ५० करोड रुपैयाँँ फिर्ता भएको छ । तर सुनसरी मोरङ सिचाई आयोजना विराटनगरका आयोजना निर्देशक भिलानन्द यादवको इमान्दारिताका कारण आयोजनाले कम लागतमा पुलको निर्माण कार्य पुरा गरेर सरकारलाई १३ करोड रुपैयाँ बचत गराई दिएको छ । २०७४ सालमा आएको बाढिले बेलवारी नगरपालिकाको वडा नं. ५ मा रहेको लोहन्द्रा खोलाको पुरानो ज्रिर्ण पुल बगाएको थियो ।

आयोजना प्रमुख यादवले आगामी १०० वर्ष भन्दा बढि समयसम्मको जनसंख्यालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सडक मापदण्ड बमोजिम पुलको निर्माण कार्य पुरा भएको बताए । उनले सुनसरी मोरङ सिचाई आयोजना अन्तगर्त विभिन्न खोला, नदि र नहरको पुल ज्रिर्ण भइसकेकोले नयाँ पुल निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिएको छ । आयोजनाले सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिन अर्थात १ लाख विघा जमिनमा सिचाई सेवा पुर्‍याउने गरी नहर मार्फत पानी पुर्‍याई रहेका छन् ।