कोशी प्रदेश नामाकरण सच्याउन प्रमुख तीन ठुला दल बाधक

  • ब्रह्मदेव यादव, विराटनगर १०११  पटक हेरिएको

आइतबार, साउन २८, २०८० समय : १५:१२:१८ , १ वर्ष अगाडि

कोशी प्रदेश नामाकरण सच्याउन प्रमुख तीन ठुला राजनीति दलका शिर्षनेतृत्व बाधक रहेको राजनीतिक तथा लेखक विश्लेकषहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को केन्द्रिय समितिले आइतबार विराटनगरमा आयोजना गरेको पहिचान आन्दोलनः अबको बाटो विषयक अन्तक्रिया कार्यक्रममा वत्ताहरुले प्रमुख तीन ठुला राजनीतिक दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को कारण कोशी प्रदेश नामाकरण सच्चिन नसकेको बताए ।

नेपालको संविधान २०७२ मा प्रदेशलाई स्वायत्ता दिने कानुनी व्यवस्था गरिएको छ । तर राजनीतिक दलका शिर्षनेतृत्वले देशभरी एकलौटी रुपमा शासन गर्ने उद्देश्यका लागि प्रदेशलाई स्वायतत्ता प्रदान नगरिएको बताए । देशको सात प्रदेश मध्ये मधेस प्रदेश मात्र पहिचानको आधारमा गठन भएकोले मधेस प्रदेशबाट पाठ सिकेर कोशी प्रदेशका पहिचान पक्षधरहरु अगाडी बढ्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका छन् । कार्यक्रममा लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले कोशी प्रदेशको नाम समयमै नसकिए हतियार उठ्न सक्ने बताए । उनले कोशी प्रदेशमा ५०१ सदस्यीय युवाहरुको लडाकु दस्ता गठन भएको छ । र पहिचानका लागि मर्नमार्ने गरी युवाहरुको आवाज उठेकोले राज्यले अविलम्ब माग सम्बोधन नगरे कोशी प्रदेशमा आगोलाग्ने र हतियार उठने बताए ।

उनले आदिवासी जनजातिहरुको मतलिएर सांसद बनेका व्यक्तिले पहिनाकै आन्दोलन मर्म र भावना विपरित कोशी प्रदेशको विपक्षमा मतदान गरेकोले त्यस्ता सांसदहरुलाई पुनः मतदान नगर्न आदिवासी जनजातिहरुलाई सुझाव दिए । लेखक तथा विश्लेषक भवानी बरालले नेपालको संविधान २०७२ निर्माण नहुन्जेलसम्म नेपालको अन्तरिम संविधान २०६३ ले सबैको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरिएको थियो । तर २०७२ को संविधान प्रतिगामी संविधान रहेकोले आदिवासी जनजाती अधिकारबाट वंचित भएको बताए ।

राजनीतिक विलेश्क डम्बर खतिवडाले आदिवासी जनजाती आन्दोलन अगाडी बढ्यो भने खस आर्य अधिकारबाट पछाडी पर्ने दरिद्र चिन्तनका कारण प्रमुख तिन ठुला राजनीतिक दलले कोशी प्रदेश नामाकरण सच्याउन नमानेको बताए । कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा महेन्द्र लावतीले कोशी प्रदेश नामाकरण नसचिएसम्म किराँत र लिम्बुवानको माग सहित अगाडी बढिरहेका पहिचान पक्षधर आन्दोलनकारीहरु एकजुट भएर आन्दोलन गर्नुपर्ने कुरामा जोड दिए । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) का केन्द्रिय अध्यक्ष पत्रकार गजुरधन राईको अध्यक्षतामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।