“हर्क साम्पाङ विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागि नहुने”

  • ब्रह्मदेव यादव, विराटनगर ६७२  पटक हेरिएको

आइतबार, भाद्र १७, २०८० समय : १६:११:४९ , १ वर्ष अगाडि

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागि नहुने भएको छ । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले साम्पाङलाई निम्तो नगरेकोले उनी रथयात्रामा सहभागि नहुने टुंगो लागेको छ । विराटनगर महानगरपालिकाले भाद्र २१ गते विहीबार विराटनगरमा आयोजना गर्न लागेको विकास सम्बन्धी कार्यक्रममा साम्पाङ सहभागि हुने छन् तर सोही दिन निकालिने श्रीराधाकृष्ण रथयात्रामा साम्पाङ सहभागि हुने छैनन् ।

नेपालका २४ र भारतका ७ गरी ३२ भन्दा बढि मेयर विराटनगर महानगरपालिकाले भाद्र २१ गते विहीबार विराटनगरमा आयोजना गर्न लागेको विकास सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भाद्र २१ गते बिहान काठमाडौंबाट विराटनगर आइपुग्ने लगत्तै विकास सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन् । दिउँसो ३ः३० बजे श्रीराधाकृष्ण रथयात्रामा बालेनले सहभागिता जनाउने छन् र बेलुकीपख काठमाडौं फर्किने बालेनको कार्यक्रम रहेको छ ।

धरानमा गाई गोरु काटेको विषयलाई लिएर हिन्दुवादी संघसंगठन असन्तुष्ट छ । यस्तो अवस्थामा साम्पाङ रथयात्रामा सहभागिता जनायो भने अप्रिय घटना घट्न सक्छ र रथयात्रा विथोलिन सक्छ । त्यसलाई मध्यनजर गर्दै रथयात्रा आयोजक समितिले साम्पाङलाई रथयात्रामा सहभागि हुन निम्तो गरेको छैन । रथयात्रा आयोजक समिति निकट समाचार सुत्रका अनुसार साम्पाङ प्रति सनातन धर्मलम्बी असन्तुष्ट रहेको र उनीहरुले साम्पाङ माथि जाईलाग्ने सम्भावना रहेकोले साम्पाङलाई रथयात्रामा सहभागि हुन निम्तो नगरेको हो ।