ओलीलाई ढकालको प्रश्न, पार्टीका कार्यकर्ता नजिक र टाढाका हुन्छन र ?

  • ब्रह्मदेव यादव, विराटनगर ६१६  पटक हेरिएको

बिहिबार, आश्विन १८, २०८० समय : १५:०३:४४ , २ वर्ष अगाडि

नेकपा एमालेका नेता विनोद ढकालले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका कार्यकर्ता नजिक र टाढाका हुन्छन र भन्ने प्रश्न गरेका छन् । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा पराजित भएपछि बिहीबार विराटनगर स्थित मोरङ जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर ढकालले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली सँग यस्तो ठाडो प्रश्न गरेको हो । पार्टीको कोशी प्रदेश अधिवेशनमा घनश्याम खतिवडा सँग ढकाल ८२ मतको झिनो अन्तरले अध्यक्षमा पराजित भएका थिए । खतिवडाले ५१२ मत प्राप्त गरेर विजय भएका थिए भने ढकालले ४३० मत प्राप्त गरेर पराजित भए ।

असोज १२ गतेदेखि विराटनगरमा सुरु भएको नेकपा एमाले कोशी प्रदेश अधिवेशन असोज १६ गते परिणाम घोषणा गर्दै सकिएको थियो । कोशी प्रदेश अधिवेशनमा नेकपा  एमालेले केन्द्रिय सत्ता र प्रदेश सत्ताको चरम दुरुपयोग गरेको ढकालले पार्टीमाथि आरोप लगाएका छन् । नेकपा एमालेका केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, अधिवेशन सम्पन्न गर्न विराटनगरमै डेरा गरेर बसेका थिए । यस बाहेक पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, स्थायी समिति सदस्य र केन्द्रीय सदस्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेशकै पूर्वमुख्यमन्त्री शेरधन राईले पार्टीको कोशी प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार घनश्याम खतिवडालाई ओली समूहका उम्मेदवार भन्दै प्रतिनिधि मतदाता माझ खुलेआम प्रचार प्रसार गरेर मत मागेका थिए ।

पत्रकार सम्मेलनमा ढकालले भने: पार्टीमा काम गर्ने पार्टीका सबै कार्यकर्ता नेताको नजरमा सम्मान हुन्छन् । पार्टीका कार्यकर्ता नेताका अगाडि कोही नजिक र कोही टाढाका हुँदैन । तर कोशी प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीयदेखि प्रदेश स्तरका नेताहरूले आफूलाई हराउन खुलेर लागेको आरोप लगाए । तर पनि आफू कोशी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरूलाई पत्रकार सम्मेलन गरेर बधाई ज्ञापन गरेको बताए । पार्टीको कोशी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण समारोहमा बधाई दिने मेरो इच्छा थियो । तर मलाई कार्यक्रममा बोल्न नदिएकोले पत्रकार सम्मेलन गरेर बधाई ज्ञापन गरेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित