- चिरफार डटकम, विराटनगर १२१८ पटक हेरिएको
शुक्रबार, माघ २६, २०८० समय : १६:५३:५८ , १० महिना अगाडि
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्री शुक्रबार विराटनगरमा सम्मानित भएका छन् । विराटनगरबाट प्रकाशित भई रहेको सर्वाधिक लोकप्रिय पत्रिका न्यू सृष्टि दैनिकले शुक्रबार विराटनगरमा आयोजना गरेको १३औं वार्षिकोत्सवको भव्य समारोहमा आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.बि. क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र न्यू सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेलले डा. क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गर्दै सम्मान पत्र प्रदान गरेको हो । नेपाल सरकारले डा. क्षेत्रीलाई २०८० सालको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिसकेको छ ।
नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागले २०८० सालको करसप्ताहको समापन समारोहमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. क्षेत्रीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत र सम्मान गरेको थियो ।