ईदको बिदाको दिन विहीबार आन्तरिक राजश्व कार्यालय विराटनगर खुल्ने

  • चिरफार डटकम, विराटनगर ३९५  पटक हेरिएको

बुधबार, चैत्र २८, २०८० समय : १७:४८:२८ , ६ महिना अगाडि

विहीबार सरकारी बिदाको दिन आन्तरिक राजश्व कार्यालय विराटनगर खुल्ने भएका छन् । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदउल्ल फित्र (ईद) को अवसरमा सरकारले विहीबार सरकारी बिदा घोषणा गरेको दिन आन्तरिक राजश्व कार्यालय विराटनगर खुल्ला रहने भएका छन् ।

गृहमन्त्रालयका सहसचिव रुद्धप्रसाद पण्डिले बुधबार सूचना जारी गरेर विहीबार ईदको अवसरमा सरकारी विदा रहने उल्लेख गरेका छन् । तर आन्तरिक राजश्व विभागले सरकारी राजपत्रमा सूचना जारी गरेर देशभरीका आन्तरिक राजश्व कार्यालय खुल्ला रहने गरेको परिपत्रको आधारमा आन्तरिक राजश्व कार्यालय विराटनगरमा खुल्ने भएको हो ।

आयकरको दोस्रो किस्ता दाखिला गर्ने समय चैत्र मसान्तसम्म रहेकोले उद्योगी व्यवसायीलाई सजिलो बनाइदिने उद्देश्यका साथ आन्तरिक राजश्व कार्यालय विराटनगर खुल्ला रहने प्रमुख कर अधिकृत डा. डि.वि. क्षेत्रीले बताए ।

प्रमुख कर अधिकृत डा. क्षेत्रीले उद्योगी, व्यवसायीको सजिलोका लागि सरकारी बिदाका दिन कार्यालय खुल्ला रहने भएकोले आयकर तर्फको दोस्रो किस्ता बुझाउन आग्रह गरेका छन् । आन्तरिक राजश्व विभागले उद्योगी व्यवसायीलाई १ वर्षभित्र ३ किस्तामा गरेर आयकर बुझाउन समय सिमा तोकेको छ ।