नेपालमा भारतीय पर्यटकको घुइचो

  • ब्रह्ममदेव यादव, विराटनगर १३५९  पटक हेरिएको

शनिबार, पुष १६, २०७९ समय : १७:४१:१६ , १ वर्ष अगाडि

 

नयाँ बर्ष मनाउन नेपालमा भारतीय पर्यटकको घुँइचो लागेको छ । सन् २०२२ को बिदाई र सन् २०२३ लाई भव्य रुपमा स्वागत गर्न हजारौं भारतीय पर्यटक शनिबार रानीनाका हुँदै नेपाल प्रवेश गरेका छन् । नयाँ बर्ष मनाउन नेपालमा भारतीय पर्यटक भित्रीए पछि सिमान्त विराटनगरदेखि धनकुटाको भेडेटारसम्मका होटल तथा लजहरु खचाखच भरिएको छ । धनकुटाको भेडेटारमा भारतीय पर्यटकले होटल र लज नपाएपछि रातीको बासबस्न इलामसम्म पुगेको छ । इलामको होटल र होमस्टे भारतीय पर्यटकले खचाखच भरिएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक राजकुमार कार्कीले सन् २०२२ को अन्तिम दिन ३१ डिसम्बर अर्थात पुष १६ गते शनिबार रानी नाकाबाट संयौं भारतीय नम्बरको सवारी साधन नेपाल भित्री सकेको छ र आइतबार २०२३ को पहिलो दिन हरारौं सवारी साधन नेपाल भित्रीने कार्कीले बताए । छिमेकी राज्य भारतको बिहार सरकारले मदिरा सेवनमा प्रतिबन्ध लागएको छ । जसको कारण मदिरा सेवन गर्न र नयाँ बर्ष मनाउनको लागि भारतीय पर्यटक नेपाल भित्रीएको हो ।