२५ महिलालाई केक बनाउने तालिम

  • चिरफार डटकम, विराटनगर ४९०  पटक हेरिएको

सोमबार, आषाढ २४, २०८१ समय : १८:४१:४२ , ५ महिना अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगरले २५ जना महिलालाई केक बनाउने तालिम प्रदान गरेको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिको आयोजनामा असार २३ र २४ गते गरी दुई दिनसम्म मोरङको बुढिगंगा गाउँपालिकामा महिलाहरूको लागि केक बनाउने तालिम आयोजना गरेका थिए । जुन केक बनाउने तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको थियो ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिका संयोजक रचना राठीले महिलालाई महिला उद्यमी बनाउने गरी केक बनाउने तालिम प्रदान गरिएको बताइन ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा परिसंघ कोशी प्रदेश समितिका संस्थापक अध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष तथा संविधान सभा सदस्य पवनकुमार सारडा, परिसंघ कोशी प्रदेश महिला उद्यम समितिका संयोजक रचना राठी र परिसंघ कोशी प्रदेश समितिका उपाध्यक्ष गिरिजा सारडाले केक बनाउने तालिम लिएका महिलाहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा परिसंघ कोशी प्रदेशका महानिर्देशक विजयहरी शर्माको सहभागिता रहेको थियो ।