मानव सेवा आश्रमको १२औं वार्षिकोत्सवमा ३० जनाले गरे रक्तदान 

  • चिरफार डटकम, विराटनगर ५२३  पटक हेरिएको

बिहिबार, भाद्र १३, २०८१ समय : १५:२१:५४ , २ महिना अगाडि

मानव सेवा आश्रमको १२औं वार्षिकोत्सवको अवसरमा बिहीबार विराटनगरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । मानव सेवा आश्रम बिहीबार स्थापनाको १२ वर्ष पुरा गरेका छन् । मानव सेवा आश्रमको विराटनगर शाखा बिहीबारदेखि स्थापनाको ५ वर्ष पुरा गरेका छन् ।

मानव सेवा आश्रमको १२औं वार्षिकोत्सव र विराटनगर शाखाको ५औं स्थापना दिवसको अवसरमा बिहीबार विराटनगर–१० तिनटोलिया स्थित अरनिको स्कुल नजिक आश्रममै आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्र तह र तप्काका व्यक्तिहरूले रक्तदान गरेका थिए ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाचकर्ण राई, कोशी प्रदेश सभाका सदस्य भीम पराजुली, एबीसी नेपालका कोशी प्रदेश अध्यक्ष समाजसेवी विष्णु शर्मा, मानव सेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिम्सिना, मानव सेवा आश्रमको कोशी प्रदेश भौतिक विकास प्रवर्द्धन परिवारका संयोजक लायन्सकर्मी लिला ढुंगेल, मानव सेवा आश्रम कोशी प्रदेश संयोजक नवराज केसी, मानव सेवा आश्रम मोरङ जिल्ला संयोजक पार्वती तिवारी, विराटनगर महानगरपालिकाका अधिकृत पुनमकुमार दाहाल, विराटनगर महानगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष एवं मानव सेवा आश्रम कोशी प्रदेशका अभिभावक माधवराज वाग्ले, नेपाल प्रहरीको कोशी प्रदेश कार्यालय तालिम केन्द्रका डीएसपी रविन बिष्टले रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीले पनि रक्तदान गरेका थिए । भीम पराजुली विराटनगर महानगरपालिकाको मेयर भएको बेला मानव सेवा आश्रमलाई विराटनगर–३ पोखरीयाविराटनगर–१० तिनटोलियामा दुई बेग्लाबेग्लै भवन उपलब्ध गराएका थिए । र दुवै भवनको भाडा विराटनगर महानगरपालिकाले तिरी दिने मानव सेवा आश्रम सँग सम्झौता गरेका थिए ।

मानव सेवा आश्रमको विराटनगरमा जगबसाउने काम पराजुलीले नै गरेका थिए । जसको परिणाम स्वरुप यतिखेर विराटनगर–५ मा मानव सेवा आश्रमको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भइरहेका छन् ।