
- चिरफार डटकम, विराटनगर २५१ पटक हेरिएको
आइतबार, मंसिर २३, २०८१ समय : १५:१०:२२ , २ महिना अगाडि
नेपाल निर्माण व्यवसायी संघ मोरङले १७औं राष्ट्रिय निर्माण दिवस २०८१ को अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
विराटनगरको बरगाछी स्थित संघको कार्यालयमा शनिवार आयोजित रक्तदान कार्यक्रममा निर्माण व्यवसायीहरूले रक्तदान गरेका थिए । नेपाल निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्र सहित संघका पदाधिकारी र सदस्यहरू रक्तदान कार्यक्रममा सहभागी थिए ।