- ... ३२५ पटक हेरिएको
मंगलबार, फाल्गुण ०२, २०७९ समय : १४:५०:०२ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
जिल्ला स्वास्थ्य कार्यालय मोरङले फागुन ११ गतेदेखि जिल्ला भरी हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहत्ताले पत्रकार सम्मेलन गरेर जिल्ला भरीका ११ लाख जनसंख्यामध्ये ८ लाख अर्थात कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढि नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जानकारी गराए ।
सरकारले प्रदेश नं. १ मा मोरङ र झापा जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम तय गरेको छ । जसमध्ये जिल्ला स्वास्थ्य कार्यालय मोरङले जिल्लाको १७ वटै स्थानिय तह मार्फत सर्वसाधारणलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँने कार्यतालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालय मोरङले अन्तिम पटक खुवाउन लागेको हात्तीपाइले रोग विरुद्धको औषधि सबै जिल्ला बासीलाई खान आग्रह गरेको छ । कार्यालयले अन्तिम पटक खुवाउँन लागेको हात्तीपाईले रोग विरुद्धको औषधि कति जनसंख्याले खायो त्यसको समेत रेकर्ड राख्ने तयारी गरेको छ । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमकालागि जिल्ला स्वास्थ्य कार्यालय मोरङ संग सहकार्य गरेको साहारा नेपालको कार्यक्रम संयोजक गीता कार्कीले मोरङको सुनवर्सी नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नेहरुको तथ्याङ्क राख्न कार्ड लागु गरेको बताए ।
एक घरमा एउटा कार्ड उपलब्ध गराउने र पुरै परिवारले हात्तीपाइले रोग विरुद्धको आषधि सेवन गर्दा सबैको संख्या एउटै कार्डमा उल्लेख गर्ने कार्कीले बताए ।