- चिरफार डटकम, विराटनगर ८७ पटक हेरिएको
आइतबार, भाद्र १४, २०८३ समय : १७:४३:०१ , २ घन्टा अगाडि
सारडा र जाजु ग्रुपले रसुवाका बाढीपीडित परिवारलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
सारडा ग्रुपका निर्देशक पवनकुमार सारडा र जाजु ग्रुपका निर्देशक महेश जाजुले रसुवाका बाढीपीडित परिवारलाई संयुक्त रूपमा ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले १ लाख प्याकेट रमपम चाउचाउ, १ लाख प्याकेट गुडलाइफ बिस्कुट र १ लाख प्याकेट गुडलाइफ जुस प्रधानमन्त्री दैविक प्रकोप राहत कोष मार्फत रसुवा पठाउन लागेको बताए ।
एक साता भित्र सारडा र जाजु ग्रुपले राहत सामग्री नेपाली सेनालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सारडा ग्रुपका निर्देशक पवनकुमार सारडाले बताए ।