मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृहमन्त्रालयमा तानिए

  • चिरफार डटकम, विराटनगर ४६७  पटक हेरिएको

मंगलबार, बैशाख १२, २०८० समय : १८:४४:१८ , १ वर्ष अगाडि

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई गृहमन्त्रालयमा तानिएका छन् । गृहमन्त्रालयले विरेन्द्र यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिएको छ ।

यादव यस अघि सखुवासभाका जिल्लाका प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएर आर्थिक चलखेल गरेको आरोपमा गृहमन्त्रालयले भट्टराईलाई छानविनको दायरामा ल्याउन मन्त्रालयमा तानिएको हो ।

गृहमन्त्री नारायण काजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराई सँगै सूचना प्रविधि शाखा प्रमुख मुकेश रेग्मीलाई पनि गृहमन्त्रालयमा तानिएको छ ।

२०७९ माघ १३ गतेदेखि भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । केहि दिनयता कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलित पहिचानवादी पक्षधरहरुको आन्दोलन उग्रहुँदा पनि प्रमुख जिल्ला अधिकारी भट्टराई आन्दोलन दबाउन आनाकानी गरिरहेकोले कोशी प्रदेश सरकार भट्टराई प्रति असन्तुष्ट थिए ।