- चिरफार डटकम, विराटनगर २०४ पटक हेरिएको
बिहिबार, मंसिर १०, २०८३ समय : १६:२४:४६ , ७ घन्टा अगाडि
विराटनगरका सुन कारोबारी तनावमा छ । महँगो मूल्यमा मोटो परिमाणमा सुन खरिद गरेका कारोबारीले यतीखेर सस्तो मूल्यमा सुनका गहना बिक्री गर्दा करोडौँ रुपैयाँ घाटा बेहोर्नु पर्ने अवस्था छ ।
प्रतितोला ३ लाख ३९ हजार ८ सय रुपैयाँका दरले अरबौँ रुपैयाँको सुन खरिद गरेका कारोबारीले यतिखेर २ लाख ४३ हजार ९ सय रुपैयाँका दरले सुनको गहना बिक्री गर्नुपर्दा मोटो रकम घाटा बेहोरिरहेका छन् ।
विराटनगरका सुनका ठुला कारोबारी गोल्ड सिल्भर मार्टका जुगल किशोर राठी, श्री महालक्ष्मी ज्वेर्लरी हाउसका बिमल बेगवानी र न्यू महालक्ष्मी ज्वेलरीका विकास बेगवानी, विजय हाउसका विजय राठी, किशन राठी र सौरभ राठी, बाबा गोल्डका दिपक राठी, नन्दकिशोर तापडियाले १० करोड भन्दा बढी रुपैयाँ घाटा बेहोरेका छन् । र निरन्तर घाटा बेहोर्ने क्रम जारी छ ।
जसका कारण सुनका ठुला कारोबारी तनावमा छन् । सुनको मूल्य बढेको बेला पसलमा अरबौँ रुपैयाँको सुनको गहना छ भनेर हिसाब किताब गरेर बसेका सुन कारोबारीको पुँजी आधा घटेको छ ।
१ अर्ब रुपैयाँको सुनको गहना रहेको पसलले सबै भन्दा बढी घाटा बेहोर्दा बैंकको ब्याज तिर्न सक्ने अवस्था छैन । यतिखेर विवाहको लगन छ ।
सुनको मूल्य प्रतितोला १ लाख घटेको बेला ठुलो परिमाणमा सुनको गहना बिक्री हुनु पर्ने समयमा सामाजिक सञ्जालमा सुनको भाउ भारतीय रुपैयाँ ९० हजार, ९५ हजार र १ लाख रुपैयाँमा घट्न लागेको समाचार सार्वजनिक सञ्जालमा आउँदा सुनको बिक्री ठप्प छ ।