डा. मिनेन्द्र रिजालले दमकको किओच बाल अस्पताललाई सहयोग गरे ५० लाख रुपैयाँ

  • चिरफार डटकम, विराटनगर ४७०  पटक हेरिएको

आइतबार, बैशाख १७, २०८० समय : १५:१०:४५ , ३ वर्ष अगाडि

नेपाली काँग्रेसका नेता एवं नेपाल सरकारका पूर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले झापाको दमकमा खोलिएको किओच बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् । डा. रिजालको आमाको नाम पूण्य र बुवाको नाम श्री रिजाल हो ।

डा. रिजालले आमा बुवा पूण्यश्री फाउण्डेसनको नामबाट दमकको किओच बाल अस्पताललाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । डा. रिजाल मोरङ क्षेत्र नं. २ का पूर्व प्रतिनिधि सभा सदस्य हुन् । डा. रिजाल निर्वाचित भएको निर्वाचन क्षेत्र मोरङ २ झापाको सिमाना सँग जोडिएको छ ।

मोरङ २ का जनताका छोरा छोरीलाई दमकको किओच बाल अस्पतालमा उपचार गराउँदा सजिलो होस् भन्ने उद्देश्यका साथ ५० लाख रुपैयाँ सहयोग गरेको रिजालले बताए ।

डा. रिजालको पूर्व निर्वाचन क्षेत्र मोरङको रतुवामाई नगरपालिकामा शनिबार आयोजित कार्यक्रममा डा. रिजालले किओच बाल अस्पताल दमकका परिकल्पनाकार एवं संस्थापक बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।