- ब्रह्मदेव यादव, विराटनगर ४६० पटक हेरिएको
बुधबार, आषाढ १९, २०८१ समय : १९:०१:०० , ३ महिना अगाडि
विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ तर्फ विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय तर्फ ८ सय ५० सिटका लागि १३ सय ३७ जनाले बुधबार प्रवेश परीक्षा दिएका छन् । कलेजमा विज्ञान संकाय तर्फ ३ सय ५० सिटको लागि ६ सय ३, व्यवस्थापन संकाय तर्फ ३ सय ५० सिटका लागि ४ सय ९७ र होटल व्यवस्थापन संकाय तर्फ १ सय ५० सिटका लागि २ सय ३७ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कलेजले छिटो छरितो प्रवेश परीक्षा लिनका लागि लोकसेवा आयोगको जस्तै कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । विराटनगरका नाम चलेका ठूला कलेजहरूको तुलनामा कान्तिपुर कलेज कम्प्युटर प्रविधि तर्फ आफूलाई जहिले अग्रपङ्तिमा राख्न सफल भएको छ । र त्यही कम्प्युटर प्रविधिको माध्यमबाट प्रवेश परीक्षा लिएको हो । कलेजका प्रिन्सिपल भुवन नेपाल (भेषराज) ले प्रवेश परीक्षा दिएका मध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तीनवटै संकाय तर्फ सिट क्षमताको आधारमा भर्ना लिने जानकारी गराएको छ ।
२०७२ सालमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको कान्तिपुर कलेजले अहिलेसम्म शिक्षा क्षेत्रमा पछाडि फर्किने कोसिस गरेका छैनन् । खेलकुद सहित विभिन्न अतिरिक्त क्रियाकलाप तर्फ कान्तिपुर कलेज आफूलाई अग्रस्थानमा उभियाउने प्रयास गरेका छन् ।
कोशी प्रदेश सहित विराटनगर महानगरपालिका क्षेत्रमा हुने गरेका सरकारी तथा गैर सरकारी खेलकुद क्रियाकलापमा कान्तिपुर कलेज मेडल र पुरस्कार जित्ने सूचीमा अग्रणी मोर्चामा रहेका छन् । विद्यार्थीको सुविधाका लागि कलेजले यातायातको व्यवस्था गर्नुको साथै इलाइब्रेरी र छुट्टाछुट्टै छात्रछात्राका लागि होस्टलको व्यवस्था गरेकोले कान्तिपुर कलेज प्रति अभिभावक र विद्यार्थीको रोजाई बढ्दो क्रममा छ ।