- ब्रह्मदेव यादव, विराटनगर ५१७ पटक हेरिएको
मंगलबार, कार्तिक १३, २०८१ समय : १४:३३:५० , १ महिना अगाडि
भागवत मञ्जरी राधिका दासीले विराटनगरमा ७ दिनसम्म कथा वाचन गर्ने भएकी छिन् । विराटनगर–१० स्थित श्रीसंसारी माईस्थान संरक्षण समितिले विराटनगरवासीलाई राधिका दासीको कथा सुन्ने अवसर प्रदान गरिदिन आगेको हो ।
श्रीसंसारी माईस्थान संरक्षण समितिले कात्तिक २३ गते शुक्रबारदेखि २९ गते बिहीबारसम्म विराटनगर–१० स्थित श्रीसंसारी माईस्थान मन्दिरको परिसर भित्र राधिका दासीको कथा वाचनको स्थान र समय तालिका सार्वजनिक गरेका हुन् ।
श्रीसंसारी माईस्थान संरक्षण समिति मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा राधिका दासीले भागवत वाचन गर्ने जानकारी गराए । भागवत मन्जरी राधिका दासले ७ दिनसम्म भागवतको कथा वाचन गरे वापत नगद १० लाख रुपैयाँ दक्षिण पाउने छिन् । आयोजकले राधिका दासीलाई विराटनगर–९, ठाकुरवाडी रोड स्थित रामजानकी सेवा सदनमा बसोवासको व्यवस्थापन गरेको छ ।
श्रीसंसारी माईस्थान संरक्षण समितिका अध्यक्ष कृष्णकुमार मास्केले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराए । श्रीसंसारी माईस्थान मन्दिरको गुरु योजना अनुसार संरचनाको पुनः निर्माणका लागि एवं समस्त नेपालीको कल्याण तथा विश्व शान्तिको कामना सहित श्रीमद्भागवत सप्ताह ज्ञान आयोजना गर्न लागेको बताए ।
भागवत मञ्जरी राधिका दासको कथा वाचन हुनुभन्दा अगाडि कात्तिक २३ गते शुक्रबार विराटनगरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको अगुवाइमा कलश यात्रा निकालिने छ ।