- ... ५३८ पटक हेरिएको
आइतबार, माघ २२, २०७९ समय : १७:३७:१२ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
जानकी पोलिट्याङ कम्पनी प्रा.लि. ले नयाँ उत्पादन अप्टिकल फाइबर डक्ट पाइप बजारमा ल्याएको छ । कम्पनीले उत्पादन गरेर बजारमा ल्याएको ३ लियर डक्ट पाइप नयाँ उत्पादन हो ।
कम्पनीले उत्पादन गरेको ३ लियर डक्ट पाइप नेपालको पनि पहिलो उत्पादन हो । यस अघि नेपाललाई चाहिने आवश्यक डक्ट पाइप भारतबाट आयात भइरहेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मीकुमार चौधरीले सरकारी स्वामित्वको नेपाल टेलिकम र गैर सरकारी स्वामित्वको एनसेल कम्पनीको तारमा प्रयोगका लागि चाहिने डक्ट पाइप हो । इनर लियर सिलिकन हालेर डक्ट पाइप बनाइएकोले टेलिकम कम्पनीको तार सजिलै डक्ट पाइप भित्र प्रवेश गर्न सक्छ ।
१७ वर्षअघि मोरङको बुढिगंगा गाउपालिकामा संचालनमा ल्याइएको जानकी पोलिट्याङ कम्पनीले सौगात ब्राण्डको प्लाष्टिक डमी, दुध क्यारेट, ग्याँस ट्रली, मास्टर ब्याज, क्याल्सियम लगायतका सामग्री उत्पादन गरेर विक्री वितरण गरिरहेको छ ।
यस अघि डमी भारत, चिन र थाइलेण्डबाट आयात हुने गरेको थियो । कम्पनीले नेपालमा ग्याँस ट्रली उत्पादन गर्न थालेपछि केही हदसम्म भएपनि विदेशी आयातलाई रोक्ने काम गरेको छ । जानकी पोलिट्याङ कम्पनी प्रा.लि.ले केही समय पछि विभिन्न ४ प्रकारको नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको प्रबन्ध निर्देशक चौधरीले बताए ।
कम्पनीले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ मा स्टल राखेको छ । र कम्पनीले एक्स्पोमा राखेको स्टलबाट सबै प्रकारको उत्पादनमा छुटको व्यवस्था गरेको छ ।