- ... ६०३ पटक हेरिएको
शनिबार, माघ २८, २०७९ समय : ११:०२:३४ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
विराटनगरमा जारी सीएनआई कोसी एक्स्पो २०७९ को आज अन्तिम दिन हो । माघ १९ गतेदेखि सुरु भएको नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय स्तरको कोसी एक्स्पोको आज शनिबार समापन हुँदैछ ।
१० दिने एक्स्पोको शुक्रबारसम्म ४ लाखभन्द बढि सर्वसाधारणले एक्स्पोको अवलोकन गरिसकेका छन् । र आज शनिबार अन्तिम दिन १ लाखभन्द बढि सर्वसाधारणले एक्स्पोको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
आज शनिबार एक्स्पोको अन्तिम दिन ३ः३० बजेसम्म टिकटको मूल्य १०० र ३ः३० बजेपछि टिकटको मूल्य २०० रुपैयाँ कायम गरिएको छ ।
आज एक्स्पोमा नेपालकै टप ५ मध्ये १ दइडिजिइ ब्याण्डको सांस्कृतिक प्रस्तुति रहेको छ । प्रदेश नं. १ का मुख्यमन्त्रि हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा आज ३ बजेपछि एक्स्पोको समापन समारोह सुरु हुने छ । तर एक्स्पो रातीसम्म चल्ने छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले एक्स्पोको समय अवधि बढाउन व्यापक दवाव आइरहेको भएपनि एक्स्पोको समय अवधि नबढ्ने बताए ।
परिसंघले विराटनगर–२ स्थित नर्सिङ होमपूर्व शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पोको आयोजना गरिएको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका ४ सयभन्द बढि औधोगिक तथा कृषि उत्पानका स्टल रहेका छन् ।
परिसंघका कार्यसमिति सदस्य तथा कोसी एक्स्पोका कोषाध्यक्ष साकेत राठीले एक्स्पो घुम्न आउने सर्वसाधारणले प्लाष्टिक सामग्री, कृषि उत्पादन अन्तर्गत अचार, मह, नेपाली उत्पादन बिस्कुट, चाउचाउ, भुजिया, बंगलादेशको रेडिमेट लत्ताकपडा र पाकिस्तानको छालाको ज्याकेट धेरैले मन पराएर खरीद गरेको बताए ।