- चिरफार डटकम, विराटनगर २२२ पटक हेरिएको
शुक्रबार, साउन २९, २०८३ समय : १७:२५:०२ , १९ घन्टा अगाडि
नेपाल प्रिमियर लिग (एन.पी.एल.) को सर्वाधिक लोकप्रिय क्रिकेट टिम विराटनगर किङ्सलाई इनर्जी ड्रिंकले मुख्य प्रायोजन गरेको छ । काठमाडौँको इनर्जी ड्रिंकले कोशी प्रदेशको क्रिकेट टिमलाई मुख्य प्रायोजन गरेको हो ।
नेपालको लोकप्रिय इनर्जी ड्रिंक ब्राण्डका मार्केटिङ प्रमुख सोनिया राणा र विराटनगर किङ्सका सञ्चालक सुयष प्याकुरेलले शुक्रवार विराटनगरमा मुख्य प्रायोजनको सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

विराटनगर किङ्स र इनर्जी ड्रिंक बिच भएको सम्झौता पत्र समारोहमा इनर्जी ड्रिंकका सेल्स प्रमुख कृष्णप्रसाद दाहाल, विराटनगर किङ्सका सञ्चालक पारस लुनिया र विराटनगर किङ्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरी सहभागी थिए ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको खेल २६ अक्टुवर २०२६ देखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल प्रिमियर लिग प्रतियोगितामा ८ टिमका सहभागिता रहेको छ ।
कोशी प्रदेशको क्रिकेट टिम विराटनगर किङ्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सानदार प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । विराटनगर किङ्सका सञ्चालक पारस लुनियाले स्वदेशी र विदेशी खेलाडी सहभागी रहेको आफ्नो टिम तेस्रो संस्करणको उपाधि हात पार्ने दाबी गरेको छ ।