
- ब्रह्ममदेव यादव, विराटनगर ४८७ पटक हेरिएको
शनिबार, बैशाख ०६, २०८२ समय : १७:१६:४९ , २ हप्ता अगाडि
विराटनगरको चार तारे होटल ह्यारिसन शनिबारदेखि ११औं वर्षमा प्रवेश गरेको छ । महिला उद्यमी सोभना दुगडले ४० करोड रुपैयाँको लागतमा सञ्चालन गरिरहेको होटल ह्यारिसन पूर्वी नेपालको मात्रै नभई नेपालकै पहिलो भेजिटेरियन चार तारे होटल हो । भेजिटेरियन होटल भएर पनि सुरुदेखि नाफामा सञ्चालन भइरहेको होटल ह्यारिसन नेपालको पहिलो नाफा मूलक होटल हो ।
पूर्वी नेपाल घुम्न आउने स्वदेशी तथा विदेशीको नजरमा होटल ह्यारिसन पहिलो रोजाइमा पर्छ । स्वदेशी र विदेशी पर्यटक विराटनगर आउनु भन्दा अगाडी होटलको कोठा बुक गराउने गरेकोले होटल ह्यारिसन सधैँ भरीभराउ रहन्छ । कतिपय पर्यटक होटलमा पुगेर पनि कोठा नपाउँदा फर्किनु पर्ने अवस्था छ ।
उद्योगी र व्यापारिक प्रतिष्ठानले आयोजना गर्ने विशेष समारोहदेखि वैवाहिक समारोहको कार्यक्रम होटल ह्यारिसनमै हुने गरेकोले होटल सधैँ भरीभराउ र हाउस फुल हुने गर्छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिष्ठित उद्योगी मोतीलाल दुगडका श्रीमती सोभना दुगड होटल ह्यारिसनका प्रबन्ध निर्देशक रहेकी छिन् ।
महिला उद्यमीले सफल व्यवस्थापनका साथ सञ्चालन गरिरहेको होटल ह्यारिसन पहिलो होटल पनि हो । शनिबार चिरफार डटकम सँग कुरा गर्दै होटलका सञ्चालिका दुगडले भनिन्: ५० कोठाको होटल सधैँ भरी भराउन रहन्छ । पूर्वी नेपाल घुम्न आउने स्वदेशी र विदेशी पर्यटकका कारण होटल ह्यारिसन सधैँ भरीभराउ हुन्छ ।
स्वदेशी र विदेशी पर्यटकले ह्यारिसन होटललाई रुचाइ दिएको कारण हामी उत्साहित छौं । जसका कारण होटल सधैँ भरीभराउ रहन्छ । होटल ह्यारिसनको सुविधा सम्पन्न रेस्टुरेन्ट र बारमा विभिन्न किसिमको कार्यक्रम आयोजना गर्ने जमातको संख्या बाक्लै हुने गरेको छ ।
होटल ह्यारिसन सञ्चालनमा आएदेखि प्रदिप पोखरेल होटलको जिएमको जिम्मेवारीमा रहेका छन् । र उनको सफल व्यवस्थापनले होटल ह्यारिसन यो उचाइमा पुगेको स्वयम् होटलका सञ्चालिका प्रबन्ध निर्देशक सोभना दुगडले बताइन ।