औषधिको तस्करी रोक्न पहलको आवहान

  • चिरफार डटकम, विराटनगर ५२३  पटक हेरिएको

सोमबार, फाल्गुण २२, २०७९ समय : १५:४५:१८ , २ वर्ष अगाडि

नेपाल औषधि व्यवसायी संघ जिल्ला कार्यसमिति मोरङले औषधिको तस्करी रोक्न संचारकर्मीहरुलाई पहल गरिदिन आवहान गरेका छन् । संघले सोमबार विराटनगरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा संचारकर्मीहरुलाई यस्तो आवहान गरेको हो ।

संघका मोरङ अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले खुल्ला सिमानाका कारण अवैध रुपमा मोटो रकम बराबरको विदेशी औषधि नेपाल भित्रीरहेकोले त्यसलाई रोक्न पहलको आवश्यकता रहेको बताए ।

जबसम्म विदेशबाट चोरी तस्करीको बाटो भएर औषधि नेपाल भित्री रहन्छ तबसम्म नेपालका औषधि व्यवसायीको उन्नति हुन नसक्ने अध्यक्ष तिम्सिनाले बताए ।

भारतमा उत्पादन भईरहेको औषधि अवैधरुपमा तस्करीको बाटो भएर नेपाल भित्रिन्छ र ति औषधि नेपालमा उत्पादित औषधिको तुलनामा सस्तो रहेकोले नेपाली उद्योगबाट उत्पादित औषधि र नेपाली औषधि व्यवसायी धारासाही अवस्थाबाट गुज्रिरहेको अध्यक्ष तिम्सिनाले बताए ।

विराटनगरमा नाम चलेका केही ठुला औधोगिक घरानाले अवैध रुपमा तस्करीको बाटो भएर औषधि भित्र्याउँदै विक्री वितरण गरिरहेको छ ।

जसको कारण विराटनगरका केही ठुला औधोगिक घराना मोटाउने तर औषधि व्यवसायी धारासाही अवस्थाबाट गुज्रिनु चिन्ताको विषय भएकोले अवैध रुपमा तस्करीको बाटो भएर नेपाल भित्रीरहेको औषधिलाई अविलम्ब रोक्नका लागि संचारकर्मीहरुलाई सहज कर्ताको भूमिका निर्वाह गरिदिन अध्यक्ष तिम्सिनाले आग्रह गरेका छन् ।

यसरी अवैध रुपमा तस्करीको बाटो भएर नेपाल भित्रिने गरेको विदेशी औषधिको बारेमा मोरङ प्रशासन र नेपाल सरकार जानकार भएपनि मौन बस्नु रहस्यको विषय भएको अध्यक्ष तिम्सिनाले बताए ।