- चिरफार डटकम, विराटनगर १४९ पटक हेरिएको
मंगलबार, मंसिर ०८, २०८३ समय : १६:३९:२९ , २ घन्टा अगाडि
विराटनगरस्थित मोरङ उद्योग व्यापार संघले नेपाली व्यापारीलाई भारतबाट सामान ल्याउन र पठाउन सहज वातावरण निर्माण भएको धारणा सार्वजनिक गरेका छन् ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे प्रतिक्रिया सार्वजनिक गर्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले नेपालले अब भारतको कोलकता र विशाखा पट्टनम बाहेक गुजरातको दिननयाल बन्दग्राह र ओडिसाको पारादिप बन्दग्राह प्रयोग गर्न पाउनु ठुलो उपलब्धि रहेको बताए ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिच भएको सम्झौताले अब नेपाली व्यापारीलाई भारतबाट नेपालमा र नेपालबाट भारतसहित तेस्रो देशमा सामान पठाउन कम समय लाग्ने र ढुवानी खर्च घट्ने अध्यक्ष साहको बुझाई छ ।
भारतले नेपाललाई दिन घोषणा गरेको २४ हजार करोडको सहयोग प्याकेजको ठुलो हिस्सा ऊर्जा क्षेत्रमा खर्च हुने भएकोले नेपाली उद्योगमा १२ महिना विद्युत् आपूर्ति हुने विश्वास लिएको अध्यक्ष साहले बताए ।
दुई देशका प्रधानमन्त्री बिच भएको सम्झौता अनुसार अयोध्या र जनकपुर जोड्ने सरयु–कमला एक्सप्रेस रेल सेवाको शुभारम्भले नेपाल र भारत बिच नयाँ सम्बन्ध थप उचाइमा पुगेको अध्यक्ष साहको भनाई छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, वरिष्ठ उपाध्यक्ष अनिल सारडा र उपाध्यक्ष विकास बेगवानी मंगलबार दुई देशका प्रधानमन्त्री बिच भएको सम्झौता बारे संघको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका थिए ।