रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति

  • चिरफार डटकम, विराटनगर ३८०  पटक हेरिएको

बिहिबार, फाल्गुण २५, २०७९ समय : २२:१७:१४ , २ वर्ष अगाडि

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतको अन्तरले पराजित गरेर पौडेल राष्ट्रपतिमा निर्वाचित भएको हो ।

यस अघि डा. रामवरण यादव संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र विद्यादेवी भण्डारी दुई कार्यकालसम्म नेपालको राष्ट्रपति भैसकेका छन् ।

बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जनमत पार्टी नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।

पौडेलले ३५२ प्रदेश सांसद र २१४ संघीय सांसदको मात प्राप्त गरे । पौडेलको मतभार ३३,८०२ रहेको छ । नेम्वाङले १६२ प्रदेश सांसद र ९८ संघीय सांसदको मत प्राप्त गरे ।

नेमाङको मतभार १५,५१८ रहेका छन् । पौडेल २०६६ सालमा १७ पटकसम्म मतदानमा सहभागिता जनाए पनि आवश्यक मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री बन्न सकेन । तर भत्किसकेको कांग्रेस माओवादी सहित बलको गठबन्धनलाई पुनः एकिकृत गराउन सफल हुँदा राष्ट्रपति बन्ने सौभाग्य प्राप्त गरेका छन् ।