- चिरफार डटकम, विराटनगर ९५ पटक हेरिएको
शुक्रबार, आश्विन २३, २०८३ समय : १७:१८:०६ , १ घन्टा अगाडि
४१ क्लब नम्बर १ ले विराटनगर महानगरपालिकाको वडा नं. १८ बुधनगरस्थित श्रीराम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

४१ क्लब नम्बर १ का राष्ट्रिय अध्यक्ष अरुण तोदी, विराटनगर अध्यक्ष रमेश राठी सहित क्लबका पदाधिकारी र सदस्यहरू असोज २२ गते बिहीबार श्रीराम आधारभूत विद्यालयमा पुगेर विद्यार्थीहरूलाई स्कुल ब्याग, खेलकुद सामग्री र स्वास्थ्यलाई फाइदा पुर्याउने पोसिला खानेकुरा वितरण गरेका थिए ।
४१ क्लब नम्बर १ का विराटनगर अध्यक्ष रमेश राठीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बताए ।
उद्योगी राजकुमार गोल्छा, राजकुमार गोयल, दिनेश राठी शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी थिए ।