विराट ट्रेड फेयरको तयारी पुरा

  • चिरफार डटकम, विराटनगर २९०  पटक हेरिएको

बुधबार, आश्विन २१, २०८३ समय : २१:२३:२३ , १ दिन अगाडि

विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको विराट ट्रेड फेयरको सम्पूर्ण तयारी पुरा भएको छ ।

विराट व्यापार संघले असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरको जैन भवनको प्राङ्गणमा विराट ट्रेड फेयर २०८३ को आयोजना गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार दिनको २ः३० मा विराट ट्रेड फेयरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालीहरूको महान् चार्ड पर्व विजया दशमीको पूर्वसन्ध्यामा नेपालीहरू किनमेलका लागि भारती बजार जोगबनी जाने चलन छ ।

दसैंको मुखमा जोगबनीमा होइन विराटनगरमै किनमेल गरौं भन्ने उद्देश्यका साथ विराट व्यापार संघले ७५ लाख रुपैयाँ खर्च गरेर विराट ट्रेड फेयरको आयोजना गरेका छन् ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले विराट ट्रेड फेयरमा भारी छुटका साथ स्वदेशी उत्पादनका सामग्री बिक्री हुने भएकोले यस पटक विराटनगरमै दसैंको किनमेल गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

विराट ट्रेड फेयरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अध्यक्ष जिन्दलले अपेक्षा गरेका छन् ।

विराट व्यापार संघका निर्वतमा अध्यक्ष अंशु बन्जाराले विराटनगरको जैन भवनको प्राङ्गणमा सञ्चालनमा आउन लागेको विराट ट्रेड फेयर उपभोक्ताकै ट्रेड फेयर भएकोले सस्तो र सुलभ दरमा बिक्री हुने स्वदेशी सामग्री खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

विराटनगर व्यापार संघका उपाध्यक्ष प्रविण अग्रवालले विराट ट्रेड फेयरमा दुग्ध विकास संस्थानको स्टलबाट १० प्रतिशत छुटमा घ्यू तथा नौनी घ्यू सहित भारी छुटमा स्वदेशी  उत्पादनको सामग्री बिक्री हुने भएकोले विराटनगर सहित विराटनगर आसपास क्षेत्रका सर्वसाधारणहरूलाई विराट ट्रेड फेयरमा किनमेल गर्न आग्रह गरेका छन् ।

विराट ट्रेड फेयरमा उद्योगी तथा व्यापारी प्रतिष्ठानको १ सय ३० वटा स्टल रहेका छन् । जसमध्ये ३० वटा स्टलबाट कृषि उत्पादनका सामग्री बिक्री हुनेछ । विराट ट्रेड फेयर अवलोकनका लागि ५० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।