- चिरफार डटकम, विराटनगर ६२८ पटक हेरिएको
बिहिबार, चैत्र २३, २०७९ समय : १८:२९:३३ , २ वर्ष अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.आइ.सी.सी.) का केन्द्रिय सदस्य पदका उम्मेदवार नविन रिजाल उद्योगी तथा व्यवसायीको समस्यालाई जोडदार रुपमा उठान गरेर सरकार समक्ष पुर्याई त्यसलाई समाधान गराउन सक्ने खुबी भएका क्षमतावान लोकप्रिय उम्मेदवार हुन् ।
यस्ता उम्मेदवारको पक्षमा मतदान गर्नु भनेको उद्योगी व्यवसायीको गर्व र खुशीको कुरा हो । रिजाल विराटनगर स्थित मोरङ व्यापार संघका अध्यक्ष हुन् । नेपाल उद्योगी वाणिज्य संघ संस्थाका अधिकांश पदाधिकारीहरुको सुझाव र आग्रह बमोजिम मोरङ व्यापार संघले अध्यक्ष रिजाललाई केन्द्रिय सदस्य पदको उम्मेदवारको रुपमा अगाडी सारेका हुन् ।
मुलुककै दोस्रो ठुलो विराटगनर नाका हुँदै सुनसरी मोरङ औधोगिक करिडोर जोड्ने भारत बथनाहाको मिरगंज पुलको निर्माणदेखि विराटगनर भन्सार कार्यालयसम्म औधोगिक कच्चा पदार्थ ल्याउन रेलवे र रेल मार्ग पूर्वाधार निर्माणकालागि नेतृत्वदायी भूमिका निर्वाह गरेका क्षमतावान उद्योगी नेता हुन् ।
कोभिड–१९ महामारीपछी लथालिंग अवस्थामा पुगेको औधोगिक तथा व्यवसायीक क्षेत्र यूक्रेन र रुस बिच भएको युद्धको कारण आर्थिक चपेटामा पुगेको औधोगिक क्षेत्रलाई उकास्न रिजालको महत्वपूर्ण योगदान छ ।
त्यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले असुली गरिरहेको चर्को बैंक ब्याजदरका विरुद्ध रिजालले विराटनगरदेखि काठमाडौंसम्म आन्दोलन गरेर माँग पुरा गराउने नेतृत्वदायी भूमिका निर्वाह गरेको क्षमतावान उद्योग नेता हुन् ।
यस्ता लडाकु उद्योगी नेतालाई नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा अत्याधिक मतका साथ विजयी गराउन मोरङ व्यापार संघ विराटनगरले देशभरीका उद्योगी व्यवासयीहरुलाई आग्रह गरेको छ ।