चार उद्यमी सम्मानित हुँदै

  • ब्रह्मदेव यादव, विराटनगर ११११  पटक हेरिएको

आइतबार, चैत्र २६, २०७९ समय : १७:५४:०४ , १ वर्ष अगाडि

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले रोजगारी उपलब्ध गराउने चार उद्यमीलाई सम्मानित गर्ने निर्णय गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समिति मोरङको २०औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा २ पुरुष र २ महिलालाई सम्मान गर्न लागिएको हो ।

महासंघ मोरङले चैत्र २९ गते विराटनगरको बरगाछी स्थित इद्रेणी पार्टी प्यालेसमा संयुक्त रुपमा आयोजना गर्न लागेको वार्षिक साधारण सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट चारै जना उद्यमीलाई सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष चेतन निरौलाले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको मोरङ जिल्लाको विराटनगर महानगरपालिका बाहेक ८ वटा पालिकामा ४ हजार १ सय भन्दा बढि सदस्य रहेका छन् । र त्यही सदस्यहरु मध्येबाट बढि रोजगारी उपलब्ध गराउने विराटनगर–५ स्थित चामुण्डा गार्मेन उद्योगका संचालक नरेश खत्री, पथरी शनिश्चरे स्थित न्यू गोर्खाली पाउरोटी उद्योगका संचालक तुलसी ढकाल, विराटनगरको बरगाछी स्थित तवसुम ब्यूट्री पार्लरका संचालिका सायदा तवसुम र विराटनगर–१० स्थित पोखरेल ढुवानी पिसानी मिलका संचालिका यमुना पोखरेललाई सम्मान गर्न लागिएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति मोरङले आफ्ना सदस्यहरुले संचालन गरिरहेको उद्योगको अनुगम गरेका थिए । र जसमध्ये ४ उद्योगले रोजगारी श्रृजना गर्ने कार्यमा उत्कृष्ट योगदान पु¥याएको निष्कर्ष निकाल्दै ति उद्यमीलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष निरौलाले बताए । १५ करोड भित्र कारोबार गर्ने उद्यमीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले सदस्यता प्रदान गर्ने गरेको छ ।