- ब्रह्मदेव यादव, विराटनगर ६९७ पटक हेरिएको
शुक्रबार, बैशाख १५, २०८० समय : १९:२५:०२ , १ वर्ष अगाडि
सत्ताघटक नेपाली कांग्रेसले टोलटोलबाट कार्यकर्ताहरुको सुझाव लिएर अगाडी बढ्ने कार्यदिशा अविलम्बन गरेको छ । नेपाली कांग्रेस विराटनगर महानगर समिति र नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ५ र ६ का (ख) प्रदेश सभाले शुक्रबार विराटनगरमा आयोजना गरेको संयुक्त सम्मेलनमा कांग्रेसले यस्तो बाटोको खोजी गरेको हो ।
कांग्रेसले देशभरीका कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल मार्फत पार्टीको उद्देश्य विपरित नकारात्मक टिप्पणी नगर्न सुझाव दिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका शिर्ष नेताका विरुद्धमा नकारात्मक टिप्पणी गर्न थालेपछि पार्टीको शिर्ष नेतृत्वले यस्तो कार्यदिशा अविलम्बन गर्ने तयारी गरेको हो ।
पार्टीले अब कार्यकर्ताहरुलाई बोल्नेदेखि काम कर्तब्य र अधिकारको बारेमा प्रशिक्षण दिने अवधारण अगाडी बढाएको छ । पार्टीका प्रत्येक टोलमा रहेका क्रियाशिल सदस्यहरुलाई सामाजिक सञ्चाल समूह बनाएर निरन्तर छलफल गराएर अघि बढ्न पार्टीको शिर्ष नेतृत्वले कार्यकर्ताहरुलाई सुझाव दिएको छ ।
कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई पहिलाकै अवस्थामा फर्काउन अब आफु र कार्यकर्ताहरुलाई समेत देशभरीका कार्यकर्ताहरु सँग जुड्न सल्लाह दिएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा सदस्य अमृत अर्याल नेपाली कांग्रेस विराटनगर महानगर समिति अध्यक्ष दिपक चापागाईं लगायतका नेताहरुले सम्मेलनमा नेपाली कांग्रेसलाई पहिलाकै अवस्थामा फर्काउन कार्यकर्ताहरुलाई अनुशासित हुन सुझाव दिए । सम्मेलनमा विराटनगरका महेशकुमार साहलाई नेपाली कांग्रेस विराटनगर महानगर समितिमा मनोनयन गरिएको थियो ।