- चिरफार डटकम, विराटनगर ३८३ पटक हेरिएको
बुधबार, जेठ १०, २०८० समय : १५:१५:३९ , १ वर्ष अगाडि
विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको मोरङको बुढिगंगा गाउँपालिकाको वडा नं. १ स्थित घिनाघाटमा दाताको सहयोगमा महिला जागृति तथा वृद्धआश्रम भवनको निर्माण कार्य सुरु भएको छ । ३० लाखभन्दा बढि रकम खर्चेर वृद्धका लागि ४ कोठे पक्कि भवनको निर्माण कार्य सुरु भएको दाता सीए अश्विनी बंशलले जानकारी गराए ।
१० लाख रुपैयाँ बुढिगंगा गाउँपालिका र २० लाख दाताको सहयोग रकमबाट वृद्धआश्रमको निर्माण कार्य सुभारम्भ गरिएको छ । बुधबार दाताहरुले वृद्ध आश्रम भवनको शिलन्यास गरेका छन् । सामाजिक अभियानता रेवतबहादुर कार्की भवन निर्माणका प्रमुख संरक्षक रहेका छन् । अर्का सामाजिक अभियानता देवकिशन मुन्दडा र सीए अश्विनी बंशल भवन निर्माणको संरक्षक रहेका छन् ।
यि तिनै जनाले वृद्धआश्रम भवन निर्माणका लागि जनही ५/५ लाख रुपैयाँ भन्दा बढि रकम खर्च गर्नेछन् । जगदिश राइस मिलका संचालक महेश राठी, राजेश राठी, नरेश राठी, आरती स्ट्रीप्स प्रा.लि. र मार्वल टेक्नोले समेत वृद्ध आश्रम भवन निर्माणको लागि सहयोग गर्ने छ ।