- ब्रह्मदेव यादव, विराटनगर २२६२ पटक हेरिएको
बुधबार, साउन १०, २०८० समय : १८:१७:४९ , १ वर्ष अगाडि
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालले विराटनगर भन्सार कार्यालयमा ईकाई समिति गठन गरोको छ । भन्सार एजेन्ट महासंघ नेपाललाई चुनौती दिने गरी परिषदले समानान्तर समिति गठन गरेको हो । परिषदले भन्सार एजेन्ट र उद्योग प्रतिनिधिहरुलाई समेटेर राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालको विराटनगर ईकाई समितिको गठन गरेको हो ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपालका केन्द्रिय अध्यक्ष भोलानाथ अर्याल, महासचिव समिराज बिष्टको उपस्थितिमा परिषदको विराटनगर ईकाई समितिको घोषणा गरिएको छ । परिषदले मंगलबार विराटनगरमा विराटनगर ईकाई समितिको प्रथम अधिवेशन गरेर १५ सदस्यीय विराटनगर ईकाई समिति र १३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सुरेश अग्रवाललाई विराटनगर ईकाई समितिको अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।
कृष्ण बहादुर थापालाई बरिष्ठ उपाध्यक्ष, नवलप्रसाद उपाध्यायलाई उपाध्यक्ष, दयानन्द मण्डललाई सचिव, सुदर्शन दाहाललाई सहसचिव र विनोद पोदारलाई कोषाध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ । हरिप्रसाद ठाकुर, किशोर बहादुर शाही, अरुण खेतान, सुरेश बोहरा, संजय दुगड, राकेश ठाकुर, अरविन्द ठाकुर, विरेन्द्र धाडेवा र उदय भट्टराईलाई ईकाई समितिमा सदस्य पदको जिम्मेवारी प्रदान गरिएको छ । भरत राज भट्टराई, गोपीकृष्ण उप्रेती, गिरीश कोइराला, ललित बोहरा, गोपाल ढकाल, रतन लालवानी, रामभरोसे प्रसाद गुप्ता, अरुण बियानी, प्रहलाद बस्नेत, शरण (सन्तोष) खरेल, राजु खरेल र राजेश साह ईकाई समितिमा सल्लाहकारको भूमिकामा रहेका छन् ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल विराटनगर ईकाई समितिको प्रथम अधिवेशनमा विराटनगर भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख भन्सार अधिकृत जगदिश पूर्वे, भन्सार अधिकृत मंयक कर्ण, भन्सार अधिकृत अंकित शर्मा, टान्स नेपालका प्रबन्धक लक्ष्मी सब्बा लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो । स्वतन्त्र भन्सार प्रतिनिधि संगठन विराटनगर भन्सार कार्यालय समितिले परिषदका केन्द्रिय समितिका पदाधिकारीदेखि विराटनगर भन्सार ईकाई समितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका थिए । नेपाल सरकारले भन्सार कार्यालयमा भन्सार प्रतिनिधि नराख्ने निर्णय गरेका छन् ।
सरकारको जुन निर्णय पछि स्वतन्त्र भन्सार प्रतिनिधि संगठनले भन्सार एजेन्ट र उद्योग प्रतिनिधिलाई अधिकार प्राप्तिको क्षेत्रमा मजबुत बनाउन संगठनलाई राष्ट्रिय भन्सार एजेन्ट परिषदमा मर्ज गरेका छन् । भन्सार एजेन्ट महासंघ नेपाल र विराटनगर भन्सार कार्यालयमा २५ वर्षभन्दा बढि समयदेखि काम गरेका १३ जना पुराना भन्सार एजेन्टहरुले भन्सार एजेन्ट महासंघ नेपालबाट सामुहिक राजिनामा दिएका छन् ।
हरिप्रसाद ठाकुर, किशोर बहादुर शाही, विनोद पौदार, सुरेश अग्रवाल, सुदर्शन दाहाल, सुरेश बोहरा, भरतराज भट्टराई, कृष्ण बहादुर थापा, गोपिकृष्ण उप्रेती, अरुण खेतान, गुलावचन्द साह, नारायणप्रसाद उपाध्याय, प्रितिकुमारी साह र दयानन्द मण्डलले विराटनगर भन्सार एजेन्ट संघबाट सामुहिक राजिनामा दिएका छन् । जसको बोदार्थ भन्सार एजेन्ट महासंघ नेपाललाई गराईएको छ ।