सिद्धिकी जेल चलान

  • ... ६८३  पटक हेरिएको

बिहिबार, पुष २८, २०७९ समय : १८:३७:२८ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाल टाइम्स अनलाइनका संचालक शहेन्शा सिद्धिकी भन्ने अब्दुल खत्ताब बिहीबार पुर्पक्षको लागि जेल चलान भएका छन् । अपहरण काण्डमा मुछिएका सिद्धिकीका कार चालक विराटनगर–१५ का अजय भनिने जयकुमार रामलाई १ लाख धरौटी लिएर अदालतले रिहा गरेको छ । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण, कुटपिट, शरिरबन्धक तथा अंगभङ्ग बनाएको मुद्दामा जिल्ला अदालत मोरङले सिद्धिकीलाई मोरङ कारागार चलान गर्ने आदेश दिएको छ ।

विराटनगरबाट संचालित नेपाल टाइम्स अनलाइन मिडियाका संचालक सिद्धिकीले उद्योगी राठीलाई मंसिर १४ गते अनलाइनकै कार्यालयमा कुटपिट पछि बन्धक बनाएर १५ लाख रुपैयाँ असुली गरेका थिए । आफुलाई अपहरण गरी बन्धक बनाएको भन्दै विराटनगर–७ स्थित मेनरोड निवासी ५६ बर्षिय उद्योगी राठीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

मोरङ प्रहरीले १ महिनाको अनुसन्धान पछि सरकारी वकिलको कार्यालय मोरङमा प्रतिवेदन बुझाएका थिए । बिहीबार मोरङ जिल्ला अदालतका न्यायधिस राजेशकुमार कटुवालको इजलासले सिद्धिकीलाई पुर्पक्षको लागि जेलचलान गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

उद्योगी राठी गएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश नं. १ बाट नेकपा एमालेको सुचिमा समानुपातिक प्रदेश सभाका उम्मेदवार थिए । यधपी एमालेले सतप्रतिशत महिलालाई समानुपातिक कोटामा निर्वाचित गराउँदा उद्योगी राठी प्रदेश सांसद बन्न सकेनन् ।

उद्योगी राठी विगत लामो समयदेखि नेपाल टाइम्स अनलाइन मिडियामा संचालक सदस्य थिए । तर पनि मिडिया हाउसका अर्का संचालक सिद्धिकीले मिडिया टाइम्सकै कार्यालयमा अर्का संचालक राठीलाई बन्धक बनाएर कुटपिट पछि १५ लाख रुपैयाँ असुली गरेर रिहा गरेका थिए ।