- ब्रह्मदेव यादव, विराटनगर २१४६ पटक हेरिएको
सोमबार, भाद्र ०४, २०८० समय : १४:५७:१६ , १ वर्ष अगाडि
झापा निवासी मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मारवाडी जातिलाई अपमान गरेको घटनाप्रति विराटनगर महानगरपालिका सहित उद्योगी तथा व्यवसायी संघ संस्थाहरुले खेद व्यक्त गरेका छन् । प्रसाईंले पटक पटक मारवाडी जातिलाई अपमान तथा मानमर्दन गर्ने गरी अभिव्यक्ति दिई रहेका छन् । प्रसाईंले नेपालमा बसोबास गरिरहेको मारवाडीहरुलाई लुटेराको संज्ञा दिदैं बैंक तथा वित्तिय संस्था डुबाउने तथा नेपालको अर्थतन्त्रलाई तहस नहस बनाएको आरोपित अभिव्यक्ति दिई रहेका छन् ।
प्रसाईको जुन अभिव्यक्ति प्रति मारवाडी जातिको अपमान तथा मानमर्दन भईरहेको निकर्ष निकाल्दै सम्पूर्ण मारवाडी जातिको जातिय संस्था मारवाडी सेवा समितिको केन्द्रिय कार्यसमिति काठमाडौंले न्यायलयमा मुद्दा दायर गर्दै प्रसाईंलाई दण्डित गर्न माग गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विज्ञप्ती जारी गरेर सामाजिक सद्भाव विगार्ने काममा प्रसाईं लागिपरेकोले खेद व्यक्त गरेका छन् । मेयर कोइरालाले नेपालको औधोगिक तथा व्यवसायीक विकासमा मारवाडी समुदायको महत्वपूर्ण देन रहेको विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।
विराट व्यापार संघ विराटनगरका महासचिव प्रविण अग्रवालले विज्ञप्ती जारी गरेर नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरिकलाई स्वतन्त्र रुपमा बाच्ने र उद्योग व्यवासय गर्न पाउने अधिकार प्रत्याजन गरेका छन् । तर नेपालमा बसोबास गरेर उद्योग व्यवसाय गरिरहेको मारवाडी जातिको मानमर्दन गर्ने गरी प्रसाईंले बेलाबेलामा दिई रहेको अभिव्यक्ति प्रति खेद व्यक्त गरेका छन् । उद्योग संगठन मोरङले विज्ञप्ती जारी गरेर प्रसाईंको अभिव्यक्ति प्रति खेद व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष युवा उद्यमी गोपाल अग्रवालले नेपालमा उद्योग व्यवसायी संचालन गरिरहेका मारवाडी समूदायलाई लक्षित गरेर मेडिक व्यवसायी प्रसाईंले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेका छन् ।
सोमबार चिरफार डटकमसँग कुरा गर्दै अग्रवालले उद्योग व्यवसायीबाट आर्जन गरेको रकम मध्येबाट केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिरहेका मारवाडी समूदायलाई मानमर्दन हुने तथा सामाजिक सद्भाव विथोल्ने गरी प्रसाईंले दिएको अभिव्यक्ति आपक्ति जनक रहेको बताए ।