जीवनराज तिम्सिना नेपाल हक्की संघको कोशी प्रदेश अध्यक्ष निर्वाचित

  • चिरफार डटकम, विराटनगर ५०३  पटक हेरिएको

मंगलबार, भाद्र १९, २०८० समय : १५:२४:०८ , १ वर्ष अगाडि

जीवनराज तिम्सिना, नेपाल हक्की संघको कोशी प्रदेश अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाल हक्की संघ कोशी प्रदेशको मंगलबार विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले तिम्सिनालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । तिम्सिना मोरङको बुढिगंगा गाउँपालिकामा संचालनमा रहेको अन्तर्राष्ट्रिय कम्पनी आरती स्ट्रीप्स लिमिटेडका उच्च पदस्थ कर्मचारी हुन् ।

हक्की खेललाई पुरानै अवस्थामा फर्काएर पहिचान दिलाउने गरी तिम्सिनालाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो । पारस थापा र प्रवेश तावा लिम्बुलाई उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ । प्रमिला (एरिका) ढकाललाई सचिव र प्रह्लाद थापा मगरलाई कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।

विद्याकुमार पोखरेल, सेधराज सिग्देल, देवेन्द्रराज पोखरेल, बुनु ढुंगेल, नेत्र तामाङ, विनोद संग्रौला र धिरज अधिकारीलाई समितिको सदस्य पदको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई.) कोशी प्रदेश अध्यक्ष एवं बरिष्ठ उद्योगी राजेन्द्र राउत, नेपाल टे«ड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता र नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेलाई सल्लाहकार पदमा मनोनयन गरिएको छ ।

नेपाल हक्की संघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष जीवनराज तिम्सिनाले प्रत्येक वर्ष नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय हक्की प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेका छन् । नेपाल हक्की संघ कोशी प्रदेशको प्रथम अधिवेशनमा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप भगत, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाल हक्की संघ मोरङका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि प्रकाश दाहाल अतिथिको रुपमा सहभागि थिए ।