- चिरफार डटकम, विराटनगर ४८३ पटक हेरिएको
आइतबार, भाद्र ३१, २०८० समय : १५:२१:४६ , १ वर्ष अगाडि
विराटनगरका सक्रिय पत्रकार तारा आचार्यलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ । न्यूज २४ टेलिभिजन च्यानलमा कार्यरत पत्रकार आचार्य नेपाल पत्रकार महासंघ मोरङ शाखामा उपाध्यक्ष पदमा कार्यरत थिए । महासंघ मोरङ शाखाका अध्यक्ष संजिव खनाल लामो समयका लागि क्यानाडा गएकोले आचार्यलाई कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको हो ।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन मोरङले आचार्यले पाएको जिम्मेवारीको स्वागत गरेको छ । भन्ने नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल मोरङले आचार्यले पाएको जिम्मेवारीको विरोध गरेको छ । प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले प्रेस विज्ञप्ति जारी गरेर तारालाई दिएको जिम्मेवारीको बारेमा पुर्न विचार गर्न महासंघलाई अनुरोध गरेको छ ।