- चिरफार डटकम, विराटनगर ४३२ पटक हेरिएको
बिहिबार, कार्तिक ०२, २०८० समय : १७:३५:२३ , १२ महिना अगाडि
मोरङ व्यापार संघ विराटनगरले विहीबार चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरूको महान चाडपर्व विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसर पारेर विहीवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, नेकपा माओवादी केन्द्रका संघीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी, नेकपा एमाले नेता विनोद ढकाल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सांसद अमृत अर्याल, कांग्रेस नेता गयानन्द मण्डल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि.वि. क्षेत्री, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेल, मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री लगायत संघका कार्यकारिणी समितिका पदाधिकारी र सदस्य सहित उद्योगी व्यवसायीहरूको उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि अतिथिहरूलाई स्वागत गरेका थिए ।