- चिरफार डटकम, विराटनगर ४८८ पटक हेरिएको
शनिबार, कार्तिक २५, २०८० समय : १३:१६:१८ , १ वर्ष अगाडि
विराटनगरका मर्निङवाक समूहले २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्विटर वितरण गरेका छन् । शुभ–दीपावलीको अवसरमा मर्निङवाक समूहले शनिबार विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मोरङको कटहरी गाउँपालिका स्थित जनप्रिय माध्यमिक विद्यालयका २५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्विटर सहित बिस्कुट र डटपेन वितरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि हनुमान मन्दिरमा शनिबार बिहानै आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मर्निङवाक समूहका पृथ्वीकुमार अग्रवाल, संयोजक उद्योगी देवकीनन्दन अग्रवाल, मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, नेपाली कांग्रेस मोरङका सदस्य तथा मर्निङवाक समूहका सदस्य पूर्व एसपी विद्यानन्द माझी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका सदस्य उद्योगी श्रवण अग्रवाल, श्रीहरि सत्संग समिति नेपालका केन्द्रिय अध्यक्ष भिखमचन्द सरल लगायत मर्निङवाक समितिका सदस्यहरूले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई स्विटर वितरण गरेका थिए ।