- चिरफार डटकम, विराटनगर ४२३ पटक हेरिएको
आइतबार, मंसिर १७, २०८० समय : १७:५६:१४ , १० महिना अगाडि
विराटनगरस्थित मोरङ व्यापार संघमा आइतबार राजनैतिक दलका प्रतिनिधि र उद्योगी व्यवसायी बिच चर्काचर्की बहस भएको छ । मोरङ व्यापार संघले मुलुकको वर्तमान अवस्था र अबको निकास बारे आर्थिक बहस कार्यक्रम आयोजना गरेका थिए । नेपाल पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल आर्थिक बहस कार्यक्रममा मुख्य बत्ताको रुपमा सहभागि थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले ११ प्रतिशतमा लिएको बैंक ब्याज बढेर २२ प्रतिशतसम्म पुगेको जसको कारण उद्योगी व्यवसायी नेपालबाट विदेश तर्फ पलायन हुने अवस्था सृजना भई रहेको विषयलाई राजनैतिक दल मार्फत सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
पूर्व डा. खतिवडाले देश संकटग्रस्त नरहेको बरु समस्याको समाधान कदम नचालिए संकट आउनसक्ने धारणा व्यक्त गरे । नेपाली कांग्रेसका नेता डा. रिजालले राज्य सञ्चालन गर्ने राजनैतिक दल जिम्मेवार नरहेकोले देशमा आर्थिक संकट आउन लागेको बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्व अध्यक्ष शंकरलाल अग्रवाल, उद्योग संगठ मोरङका अध्यक्ष राकेश सुराना संगठनकै निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल साह र विकाश बेगवानी, महासचिव अनिल सारडा लगायत उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।