नविन रिजाल टिमको दृढ इच्छाशक्तिका कारण एक्स्पो अगाडि बढिरहेको छ

अनुपम राठी, बरिष्ठ उपाध्यक्ष, मोरङ व्यापार संघ

  • ब्रह्मदेव यादव, विराटनगर ५२९  पटक हेरिएको

बिहिबार, पुष १२, २०८० समय : १८:०५:२४ , ९ महिना अगाडि

  • मोरङ व्यापार संघले आयोजना गरेको एक्स्पोको बारेमा के छ प्रतिक्रिया ?

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल टिमको दृढ इच्छाशक्तिको कारण बिहीबार सातौँ दिनसम्म सफलता पूर्वक एक्स्पो अगाडि बढिरहेको छ । देशको अर्थतन्त्र धराशायी अवस्थाबाट गुज्रिरहेको बेला र जाडोको मौसममा एक्स्पो आयोजना गर्न संघलाई ठुलो चुनौती आइपरेको थियो । तर संघका अध्यक्ष नविन रिजाल नेतृत्वको टिमले देखाएको दृढ इच्छाशक्ति, कडा मेहनत र लगनशीलताका कारण एक्स्पो सफलता पूर्वक अगाडि बढिरहेको छ ।

सन् २०२३ लाई बिदाई गर्दै सन् २०२४ लाई भव्य रुपमा स्वागत गर्ने गरी संघले भव्य रुपमा सफलता पूर्वक इतिहास कायम गर्ने गरी एक्स्पोलाई सम्पन्न गर्ने तयारीमा जुटेका छौं ।

  • कति दर्शकले एक्स्पोको अवलोकन गरेको र कारोबार कति भयो केही बताई दिनुहुन्छ कि ?

२०८० साल पुस ६ गतेदेखि विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा एक्स्पो सुरु भएको हो । पुस १६ गते एक्स्पो सम्पन्न हुने कार्यक्रम छ । ७ दिनमा १ लाखको हाराहारीमा दर्शक तथा उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् ।

बाँकी ४ दिनमा धेरै भन्दा धेरै संख्यामा दर्शक तथा उपभोक्ताले एक्स्पोको अवलोकन गर्ने अपेक्षा गरेका छौं । एक्स्पो स्थलमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक तथा व्यापारिक उत्पादनका स्टल रहेका छन् । सबै स्टलले अपेक्षाकृत रुपमा कारोबार गरी रहेका छन् ।

  • एक्स्पो स्थलमा रहेको मनोरञ्जनका लागि राखिएको सामग्री प्रति दर्शकको उत्साह कस्तो पाउनु भएको छ ?

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको मोरङ व्यापार संघ एक्स्पो स्थलमा रहेको फ्रान्सको एफिल टावरले सबै भन्दा बढि लोकप्रियता हासिल गरी रहेका छन् । प्रत्येक वर्ष लाखौं पर्यटक एफिल टावरको अवलोकन गर्न फ्रान्स पुग्ने गरेका छन् । तर आर्थिक अभावका कारण फ्रान्स पुग्न नसक्ने दर्शक तथा उपभोक्तालाई संघकै एक्स्पो स्थलमा रहेको एफिल टावरको अवलोकन गरी रहेका छन् । रातीको झिलिमिली वातावरणमा एफिल टावर अगाडि फोटो खिचाउने दर्शक तथा उपभोक्ताको भिड लाग्ने गरेको छ ।

प्रत्येक दिन एक्स्पो सुरु भएदेखि एक्स्पोको समापन नभएसम्म एफिल टावर अगाडि बसेर मनोरञ्जन गर्दै सेल्फी खिच्ने दर्शक तथा उपभोक्ताको जमात बाक्लै हुने गरेको छ । र बाँकी ४ दिनमा एफिल टावरले अझै लोकप्रियता हासिल गर्ने अपेक्षा गरेका छौं । एक्स्पो स्थलमा रहेको घोडाको सवारले गर्दा दर्शक तथा उपभोक्ता एक्स्पो प्रति बढि आकर्षित हुन थालेका छन् । घोडाको सवारका लागि इलाम जिल्लाको कन्याम पुग्नु पर्ने बाध्यता थियो । तर संघले एक्स्पो स्थलमै घोडा सवारको व्यवस्था मिलाएको छ ।

एक्स्पो स्थलमा इलामको कन्यामबाट २ वटा घोडा ल्याउन संघका अध्यक्ष नविन रिजालको ठुलो देन छ । प्रत्येक दिन चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुतीले एक्स्पो प्रति युवा जमातको जमघट बढ्ने गरेको छन् । एक्स्पो स्थलमा रहेको खानाका विभिन्न स्टलहरुबाट दर्शक तथा उपभोक्ताले विभिन्न परिकारको खानाको स्वाद लिने गरेका छन् । जसका कारण एक्स्पो हेर्न आउने दर्शक तथा उपभोक्ताको संख्या प्रत्येक दिन बढ्ने क्रममा छ ।