- ब्रह्मदेव यादव, विराटनगर ६१८ पटक हेरिएको
शुक्रबार, भाद्र २२, २०८० समय : १५:४२:०४ , १ वर्ष अगाडि
- श्रीराधाकृष्ण रथयात्राको ऐतिहासिक पृष्टभूमिको बारेमा केही बताइ दिनुहुन्छ कि ?
सन् १९८८ सालदेखि खटयात्राको रुपमा विराटनगर रथयात्राको शुभारम्भ भएको हो । पहिला युगलजोडी भगवान राधाकृष्णको मुर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउने प्रचलन थियो । विराटनगरको राधाकृष्ण मन्दिरबाट निस्किएको खटयात्रालाई नगरक्षेत्रको परिक्रममा गराउँदै सिंघिया नदिमा पुजा पाठ गर्ने प्रचलन थियो । र त्यहाँबाट खटयात्रालाई पुनः मन्दिरमा पु¥याएर विर्सजन गर्ने ऐतिहासिक पृष्ठभूमी छ । वि.सं. २०२५ सालदेखि विराटनगरको खटयात्रा रथयात्रामा रुपान्तर भएको हो । तत्कालिन ब्रिगेडियर भूपालमान सिंह कार्की र सत्यनारायण धनावतको पहलमा रथयात्राको निर्माण गरिएको हो । जुन रथयात्रा अहिलेसम्म निरन्तरता दिई रहेको छ । र २०८० सालको रथयात्रा ५५औं संस्करणको रथयात्रा हो । - विहीबार सम्पन्न ५५औं संस्करको रथयात्राको बारेमा यहाँको प्रतिक्रिया के छ ?
२०८० सालको श्रीराधाकृष्ण रथयात्राले ५ लाख भन्दा बढि भक्तजन बटुल्दै नयाँ रेकर्ड कायम गरेको छ । विराटनगर महानगरापलिकाको पहलमा नेपाल र भारतका मेयर र उपमेयरलाई विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा सहभागिता गराउने काम भएको कारण रथयात्रामा भक्तजन तथा श्रद्धालुजनहरुको संख्या बढेको हो । प्रत्येक वर्ष विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राको ३ लाख भन्दा बढि भक्तजनहरुले अवलोकन गरिरहेका थिए । तर २०८० सालको श्रीराधाकृष्ण रथयात्राको ५ लाख भन्दा बढि भक्तजनहरुले अवलोकन गरेका छन् । विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्राले पुरानो रेकर्ड तोड्दै भक्तजन तथा श्रद्धालुहरुलाई अवलोकन गराउनेमा नयाँ रेकर्ड स्थापित गरेको छ । रथयात्राको डोरी तान्ने, पुजा पाठ गर्ने र अवलोकन गर्ने भक्तजनहरुमा उत्साह पैदा भएको देखियो । विराटनगर–१, पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिरबाट निस्केको रथ नगरक्षेत्रको विभिन्न भागको ४३ स्थानमा विश्राम लिदै करिब ९ किलो मिटर क्षेत्रफलको दुरी तय गर्दै रथयात्रा पुनः मन्दिरमा आएर विसर्जन भएको हो । श्रीराधाकृष्ण मन्दिर समितिले मोरङको सुरक्षा निकायसँग मिलेर शान्ति सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाएको कारण रथयात्रामा कुनै किसिमको अप्रिय घटना घट्न सकेन । - विराटनगरको श्रीराधाकृष्ण रथयात्रामा नेपाल र भारतका मेयर र उपमेयरलाई सहभागिता गराउने कार्यक्रम भएको छ । यस बारेमा यहाँको प्रतिक्रिया के छ ?
विराटनगर महानगरपालिकाले रथयात्रा निस्कने दिन विराटनगरमा नेपाल र भारतका मेयर सँग विकास निर्माण सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम सम्पन्न भईसकेपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा नेपाल र भारतका मेयर र उपमेयरलाई रथयात्रामा सहभागि गराउने काम भयो । जसको कारण रथयात्रामा सहभागिता जनाउने भक्तजनहरु उत्साहित भएका थिए । जसको कारण रथयात्राले भक्तजन सहभागिताको पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड स्थापित गरेको छ । विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने काम विराटनगर महानगरपालिकाले गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई श्रीराधाकृष्ण मन्दिर समितिको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौं । - श्रीराधाकृष्ण रथयात्राको खर्चको बारेमा केहि बताई दिनुहुन्छ कि ?
विराटनगरको पहिचानको रुपमा रहेको श्रीराधाकृष्ण रथयात्रालाई सम्पन्न गर्न प्रत्येक वर्ष ५० लाख भन्दा बढि रकम खर्च हुन्छ । श्रीराधाकृष्ण मन्दिर समितिको पुजापाठ प्रसाद र प्रचार–प्रसार शिर्षकमा ५ लाख रुपैयाँको हाराहारीमा खर्च हुन्छ । बाँकी रकम दाताहरुले विना करचाप स्र्वतफुर्त रुपमा खर्च गर्ने गरेको छ । श्रीराधाकृष्ण रथको मर्मत सम्भार र रंग रोगनदेखि रथयात्रामा सहभागिता जनाउने झाँकीहरुको व्यवस्थापन दाताहरुबाटै हुने गरेको छ । विराटनगरमा रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले जातिय पहिचान झल्कने झाँकी खर्चको व्यवस्थापन गर्ने गरेको छ । प्रसाददेखि अन्य कार्यको खर्च विवरण दाताहरुले नै व्यहोर्ने गरेको छ । समग्रमा श्रीराधाकृष्ण रथयात्रा सम्पन्न गर्न ५० लाख भन्दा बढि रुपैयाँ खर्च हुने गरेको छ । - श्रीराधाकृष्ण रथयात्रालाई आगामी दिनमा व्यवस्थित गर्न के छ तयारी ?
श्रीराधाकृष्ण मन्दिर समितिले प्रत्येक वर्ष श्रीराधाकृष्ण रथयात्रा निकाल्ने गरेको छ । रथयात्रा निकाल्दा अहिलेसम्म भएका कमि कम्जोरीलाई सुधार गरेर अगाडी बढ्ने हाम्रो प्रयास रहने छ । केहिदिन भित्र श्रीराधाकृष्ण मन्दिर समितिले रथयात्रा निकाल्नु अघि गठन गरेको सुपरिवेक्षण समितिदेखि विभिन्न समितिका संयोजक र उप–संयोजक समिक्षा बैठक बोलाउने तयारी गरेका छन् । समितिबाट आएको सुझाव अनुसार मन्दिर समिति अगाडी बढ्ने प्रतिवद्धता व्यक्ति गर्दछौं ।