- चिरफार डटकम, विराटनगर ९४५ पटक हेरिएको
मंगलबार, पुष २४, २०८० समय : १५:१७:४७ , ९ महिना अगाडि
विराटनगरका औद्योगिक घरानाकी छोरी बुहारी अनिता सोनीले लेखेकी गीत अयोध्या नगरी में छायी खुशियालीले दर्शक बटुल्दै छ । सोनी विराटनगर स्थित उद्योगी महेश सोनी श्रीमती हुन् । सोनीले पछिल्लो समय एक दर्जन भन्दा बढि गीत लेखेकी छिन् । जुन गीत यूटुब मार्फत प्रसारण भई रहेका छन् । पछिल्लो समय सोनीले लेखेको अयोध्या नगरी में छायी खुशियाली गीतले दर्शक बटुल्दैछ ।
भारतको उत्तर प्रदेश स्थित अयोध्यामा ५ सय वर्षपछि विशाल राम मन्दिरको निर्माण भएको छ । जुन राम मन्दिरको आगामी माघ ८ गते अर्थात २२ जनवरी २०२४ का दिन उद्घाटन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोनीले राम मन्दिरकै सेरोफेरोमा रहेर गीत लेखेकी छिन् । अयोध्या नगरी में छायी खुशियाली सोनीको गीतले नेपाल सहित भारतमा खुबै चर्चा बटुली रहेको छ ।
सोनीको गीतले नेपाल र भारतमा चर्चा बटुल्न थालेपछि विराटनगरका उद्योगी महेश सोनी सहित सोनी परिवार उत्साहित छन् । सोनीको गीतले अत्याधिक दर्शक बटुल्न थालेपछि अनिता सोनीलाई बधाई दिनेको संख्या बढि रहेको छ ।
राम मन्दिरको निर्माण र उद्घाटनलाई भव्य रुपमा सफल बनाउने गरी अनिता सोनीको गीत यूटुब च्यानल मार्फत दर्शक बटुल्न थालेपछि राम मन्दिर ट्रष्टले मन्दिरको उद्घाटन समारोहमा सहभागिता जनाउन अनिता सोनीलाई निम्तो पठाएको छ ।