- चिरफार डटकम, विराटनगर ४५९ पटक हेरिएको
आइतबार, माघ २१, २०८० समय : १६:३९:०७ , ८ महिना अगाडि
माघ २६ र २७ गते सुनसरीमा ८औं राष्ट्रिय थारू सम्मेलनको आयोजना गर्न लागिएको छ । हौली परिवार सुनसरी, मोरङ र थारू लेखक संघ नेपालको आयोजनामा सुनसरी जिल्लाको गढी गाउँपालिका वडा नं. २ स्थित गढीथानमा आयोजना हुन लागेको ८औं राष्ट्रिय थारू सम्मेलनमा देशभरीका थारू समुदायसँग आवद्ध संघसंस्थाका ३ सय जना पदाधिकारीहरूको सहभागिता रहने छ ।
माघ २६ गते नेकपा एमालेका नेतृ एवं पूर्व मन्त्री भगवती चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा १ हजार भन्दा बढि थारू समुदायको सहभागिता रहने आयोजकले दाबी गरेका छन् । हौली परिवार सुनसरी, मोरङका अध्यक्ष श्रवण सुतिहार थारूले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलन सम्पन्न गर्न १४ लाख भन्दा बढि रुपैयाँ खर्च हुने जानकारी गराए ।
२ दिनसम्म चल्ने सम्मेलनमा थारू समुदायको पुस्तक विमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणको अभियानतालाई सम्मान गर्ने कार्यक्रम छ । सम्मेलनमा मानक थारू भाषाको कार्यान्वयन पक्षबारे कार्यपत्र प्रस्तुत हुनेछ । थारू समुदायको इतिहास, धर्म र संस्कृतिबारेको विज्ञसँग छलफल हुनेछ । नेपालको जनसंख्या २०७८ ले नेपालमा १८ लाखको हाराहारीमा थारू समुदायको बसोवास रहेको जनसंख्या सार्वजनिक गरिएको छ ।