कांग्रेसमा गुटबन्दी यथावत

  • ... ६००  पटक हेरिएको

आइतबार, माघ ०८, २०७९ समय : १८:१२:५२ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाली कांग्रेस विराटनगर महानगर समितिमा गुटबन्दी यथावत छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ४ अन्तर्गत विराटनगर वडा नं. ३ मा दुई बेग्लाबेग्लै समूहले आइतबार बनभोज कार्यक्रम आयोजना गरेर आफ्ना गुटलाई बलियो पार्ने काम गरेको छ ।

जसको कारण कांग्रेसमा अझै गुटबन्दी कायमै रहेको र यसले कांग्रेसलाई अझै केहि बर्ष संगठित रुपमा अगाडी बढ्नबाट रोक्ने छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति विनोद बस्नेत र १ नं. प्रदेश सभा सांसद भीम पराजुली समूहले आइतबार बेग्लाबेग्लै बनभोज कार्यक्रम गरे ।

क्षेत्रीय सभापति बस्नेतले कटहरीमा आयोजना गरेको बनभोज कार्यक्रममा नेपाली कांग्रेस विराटनगर महागर समितिका सभापति दिपक चापागाईं र क्षेत्र नं. ४ ख का सभापति सुबोध निरौला सहभागी थिए । प्रदेश सांसद पराजुली र उनको समूहले विराटनगरको पुष्पलाल चोकमा आयोजना गरेको बनभोज कार्यक्रममा क्षेत्र ४ क का सभापति एकराज माझी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

आइतबार चिरफार डटकम संग कुरा गर्दै विराटनगर महानगरसभापति चापागाईंले भरखरै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कायम रहेको गठबन्धले विराटनगरको पुष्पचाल चोकमा आयोजना गरेको बनभोज कार्यक्रममा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद तथा मन्त्री अमनलाल मोदीले समेत सहयोग गरेकोले कांग्रेसका स्वभिमानी कार्यकर्ताहरु आफ्नै रकमले कटहरीमा बनभोज कार्यक्रम आयोजना गरेको र आफु त्यसमा सहभागी भएको बताए ।