- ... ३९९ पटक हेरिएको
सोमबार, माघ ०९, २०७९ समय : १६:०५:१६ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
जिल्ला प्रहरी कार्यालय मोरङले म्याच फिक्सिङ आरोपमा क्रिकेटर महबुब आलमलाई सोमबार विराटनगरबाट पक्राउ गरेका छन् । आमल पूर्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य हुन् ।
म्याच फिक्सिङ आरोपमा फरार रहेका र नेपाल प्रहरीको सिबिआई ब्यूरोले खोजी जारी राखेको बेला आलमलाई विराटनगरको होटल भिन्तुनाबाट पक्राउ गरिएको मोरङका एसपी शान्तिराज कोइरालाले बताए ।
आलमलाई सोमबार ४ः३० बजेको प्लेनबाट विराटनगरबाट काठमाडौं पठाउने तयारी भईरहेको एसपी कोइरालाले बताए । नेपाल प्रहरीको सिबिआई ब्यूरोले व्यापक खोजी जारी राखेको बेला क्रिकेटर आलम विराटनगरमा लुकेर बसेको सूचनाको आधारमा मोरङ प्रहरीले विराटनगरको सबै होटलमा खानतलासी गरी रहेको बेला होटल भिन्तुनाबाट आलम पक्राउ परेका थिए ।
होटल भिन्तुनाबाट पक्राउ गरेर आलमलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो । र सोमबार साँझ नै क्रिकेटर आलमलाई काठमाडौं पुर्याइएको छ । नेपाली टी–२० स्पट फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम पक्राउ परेको हो ।
उनलाई राज्य विरुद्ध कसुर अभियोगमा मुद्दा दायर गर्ने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिबिआईले जानकारी गराएको छ ।