- ब्रह्मदेव यादव, विराटनगर ७९५ पटक हेरिएको
बिहिबार, चैत्र ०८, २०८० समय : १७:४५:३० , ९ महिना अगाडि
विराट व्यापार संघले बिहीबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोह भव्य रुपमा सम्पन्न भएको छ । विराट व्यापार संघको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ । र संघले विगत २१ वर्षदेखि होली पर्वको अवसरमा व्यापारी एकता कायम राख्दै भाइचाराको आपसी सम्बन्धलाई प्रगढ बनाउन होली मिलन समारोहको आयोजना गर्ने गरेका छन् ।
संघका अध्यक्ष अंशु बन्जाराले उपाध्यक्ष प्रविण अग्रवाललाई संयोजक बनाएर आयोजना गरेको होली मिलन समारोहमा सबै बर्ग, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । विराटनगरको मारवाडी सेवा सदनमा संघले आयोजना गरेको होली मिलन समारोहमा १ हजार भन्दा बढि उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सरकारका उच्च श्रेणीका कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायीहरूको छाता संगठन पदाधिकारीहरू होली मिलन समारोहमा सहभागि भएका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरी मोरङका एसपी विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धान मोरङका एसपी तिलक प्रसाईं, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडाउद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी अतिथिको रुपमा होली मिलन समारोहमा सहभागि थिए ।
संघका अध्यक्ष अंशु बन्जारा, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल, उपाध्यक्ष शरद श्रेष्ठ, प्रविण अग्रवाल, मनोहर कार्की, महिला उपाध्यक्ष सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सोनु गुरुङ, कार्यसमिति सदस्य रमा श्रेष्ठ, कुमारी आचार्य, संघका प्रमुख कार्यकारी अधिकृत धरणीधर निरौला र अधिकृत कृष्णा गौतम सहित कार्यसमितिका सदस्य, महिला समितिका सदस्य र युवा समितिका सदस्यहरूले होली मिलन समारोहमा सहभागिता जनाएका आगन्तुकहरूलाई स्वागत गरेका थिए ।