- ब्रह्मदेव यादव, विराटनगर ८८० पटक हेरिएको
आइतबार, चैत्र २५, २०८० समय : १९:०४:०१ , ६ महिना अगाडि
पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरको समस्या समाधान गर्न शत्रुघन यादवले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । संघमा लगातार दुई कार्यकाल महासचिव र १० वर्ष भन्दा बढि समयदेखि कार्यसमितिमा रहेर काम गरिरहेका यादव ट्याङकर व्यवसायी बिच लोकप्रिय छवि बनाएका छन् । ट्याङ्कर व्यवसायी बिच इमान्दार र लोकप्रिय छवि बनाएकै कारण संघमा रहेका अधिकांश व्यवसायी यादवलाई आगामी अध्यक्ष पदमा निर्वाचित गराउने उद्देश्यका साथ लबिङ जारी राखेका छन् । संघको चैत्र २७ गते मंगलबार १५औं चुनावी सभा हुँदैछ । र अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गर्दै यादवले ट्याङ्कर व्यवसायी विद्यमान समस्यालाई समाधान गर्ने गरी आफ्ना चुनावी एजेण्डा तय गरेका छन् ।
ट्याङ्कर व्यवसायीको ढुवानी भाडा वृद्धिका लागि नेपाल सरकार र नेपाल आयल निगम सँग पहल गर्ने, पेट्रोलियम ढुवानी व्यवसायीमा लगानी अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको हुँदा ट्याङ्करको ढुवानी टिप संख्या बढाउन पहल गर्ने विषयलाई अध्यक्ष पदका उम्मेदवार यादवले आफ्नो चुनावी एजेण्डामा समेटेका छन् । केही ट्याङ्करको इन्धन ढुवानी रुट परिवर्तनका लागि पहल गर्ने, अत्याधिक प्रज्ज्वलनशील (पेट्रोलियमपदार्थ) को ढुवानी कार्य गरी रहेका संलग्न पक्षहरूलाई जिम्मेवार बनाउन पहल गर्ने यादवको चुनावी एजेण्डा अगाडि सारेका छन् ।
पुरानो ट्याङ्करको रि-फाइनाइन्सको लागि बैंकहरूसँग छलफल, सम्झौता (एम.ओ.यू.) सुविधा उपलब्ध गराउने, दुर्घटना समितिलाई प्रभावकारी बनाई सम्बन्धित पक्षलाई तदारुकताका साथ सहयोग पुर्याउन र कार्य क्षेत्रको विभाजन गरी विभिन्न ठाउँमा जनशक्ति परिचालनको व्यवस्था मिलाउने छ । ट्याङ्करको इन्सुरेन्सका लागि विभिन्न इन्सुरेन्स कम्पनी सँग छलफल गरी सहज, सुलभ र सरल तरिकाले क्षतिपूर्तिको लागि सम्झौता गराउन पहल गर्नेछन् । ट्याङ्करको पार्टपुर्जा र लुब्रिकेन्टस् उचित मूल्यमा उपलब्ध गराउन स्थानीय व्यवसायी सँग सम्झौता गर्ने, ट्याङ्कर मर्मतका लागि स्थानीय वर्कसप सँग सम्झौता गर्ने, कोशी पारी जाने खाली ट्याङ्कहरूलाई व्यवस्थित तथा सुरक्षित पार्किङको व्यवस्था मिलाउने र ट्याङ्कहरूलाई (ट्राकिङ) गर्नका लागि जीपीएस प्रविधि जडानका लागि व्यवस्था मिलाउने अध्यक्ष पदका उम्मेदवार यादवले चुनावी एजेण्डा अगाडि सारेका छन् ।