विराटनगर भन्सार कार्यालयको ९ प्रतिशतले आयात निर्यात घट्यो

  • ब्रह्मदेव यादव, विराटनगर ३८०  पटक हेरिएको

सोमबार, बैशाख ०३, २०८१ समय : १७:५७:४५ , ६ महिना अगाडि

आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा विराटनगर भन्सार कार्यालयबाट हुने गरेको आयात निर्यात ९ प्रतिशतले घटेको छ । २०८०/०८१ को साउनदेखि चैत्रसम्ममा नेपाल अधिराज्य भरी रहेका भन्सार कार्यालयको २ प्रतिशतले आयात निर्यात घटिरहेको बेला विराटनगर भन्सार कार्यालयको आयात निर्यात ९ प्रतिशतले घटेको हो ।

विराटनगर भन्सार कार्यालयले २०८०/०८१ को साउनदेखि चैत्रसम्म अर्थात ९ महिनामा २२ अर्ब ५६ करोड ७९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन ५९.६९ प्रतिशतले राजश्व असुली हो । तर २०८०/०८१ को निर्धारित लक्ष्यको तुलनामा ४४.४१ प्रतिशतले राजश्व असुली हो ।

 

विराटनगर भन्सार कार्यालयले २०८०/०८१ का लागि ५० अर्ब ८१ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएको छ । तर ९ महिनाको अवधिमा ४४.४१ प्रतिशतले मात्रै राजश्व असुली गरेको छ । जुन निराशाजनक राजश्व असुली हो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत पर्शुराम दाहालले आर्थिक मन्दीको सामना गरिरहेको नेपालले दोस्रो तथा तेस्रो देशबाट हुने गरेको आयात निर्यातमा निराशाजनक रुपमा कमी आएको कारण राजश्व असुली प्रभावित भएको बताए ।